रिलायन्स स्पिनिङ मिल्सको आइपिओ रोक्दा संस्थागत लगानीकर्ताको ६३ करोड २५ लाख बन्धकमा
- गोविन्द राज जोशी
- 2024 Sep 08 15:22
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आइपिओ प्रकृयालाई रोकेको तीन महिना वित्न लाग्यो । यस अवधिमा कम्पनीले संस्थागत लगानीकर्ता सँग उठाएको ६३ करोड २५ लाख रुपैयाँ कुम्ल्याएर बसेको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपिओ निष्काशन गर्नु भन्दा एक दिन अगाडी मात्रै अर्थसमितिको निर्देशनमा बोर्डले स्थगित गरेको थियो । सबै प्रकृयाँ पुरा भएर एक्कासी आइपिओ निष्काशन रोक्दा संस्थागत लगानीकर्ताले गरेको लगानी ब्लक भएको हो । नेतृत्व विहिन बोर्डले कुनै पनि निर्णय गर्न नसक्दा न त सर्वसाधारणले शेयर लगानी गर्न पाएका छन् न त संस्थागत लगानीकर्ताले आफ्नो लगानी फिर्ता पाउने अवस्था नै आएको छ ।
नेपालका अधिकाम्स कुराहरु भिडको लहडमा निर्णय हुन्छ । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्दा नियामक निकायले कुनै पनि अवरोध गर्न सकेन । न त कम्पनीलाई तिम्रो शेयर मूल्य धेरै भयो घटाउ नै भन्न सक्यो । अहिले आएर भिडले कम्पनीको शेयर मूल्य धेरै माथि भयो घटाउनु पर्छ भन्दा बोर्ड अनिर्णयको बन्दी बनेको छ ।
कम्पनीले जारी पूँजी एक अर्ब ९० करोडको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजारको १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गरेको थियो । उक्त १९ लाख २६ हजार ६०० कित्ताको ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर संस्थापक शेयरधनीहरुका लागि निष्काशन गरेको थियो ।
कम्पनीले बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरु सँग ६३ करोड २५ लाख रुपैयाँ शेयर उठाइसकेका छन् । बाँकी ६० प्रतिशतबाट सर्वसाधारण सँग ९४ करोड ८८ लाख रुपैयाँ उठाउन बाँकी छ । कम्पनीले संस्थागत लगानीकर्ताहरुका लागि न्युनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँसम्मको रेञ्ज प्रदान गरि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । यहि प्रकृयाँबाट कम्पनीको बजार मूल्य ८२०.८ रुपैयाँ कायम भएको थियो ।
सबै प्रकृयाँबाट अन्तिम चरणमा पुगेको निष्काशनलाई अर्थसमितिको निर्देशनकै भरमा आजका दिनसम्ममा पनि रोकिराखेको छ । बोर्डमा खुला प्रतिस्पर्धाबाट अध्यक्ष चयन हुन नसक्दा धितोपत्र बोर्ड निरिह बनेको छ । मन्त्रालयका प्रतिनिधिका रुपमा आएका अध्यक्षले यस्ता कुनै पनि किसिमका जोखिमहरु लिन चाहदैनन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्रि प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार संस्थागत लगानीर्ताहरुले आफ्नो भागमा परेको शेयरको पैसा बुझाइसकेका छन् । बिक्री प्रवन्धक ग्लोबल आइएमईले पनि बाँडफाँड भएको तीन भित्रमा कम्पनीलाई उक्त रकम बुझाइसकेको छ ।
कतिपय संस्थागत लगानीकर्ताहरुले भने धेरै लामो समयसम्म पैसा होल्ड भएको भन्दै गुनासो पोखेका छन् । संस्थागत लगानीकर्ताको उद्देश्य शेयर खरिद गरेर दोस्रो बजारमा बिक्री गर्ने रहेको हुन्छ । अहिले बजार बढ्दो ट्रेण्डमा रहेको हुँदा यस समयमा यदि दोस्रो बजारमा कारोबार सुरु हुने हो भने बिक्री गर्न भ्याइने संस्थागत लगानीकर्ताको दाउ थियो । सर्वसाधारणलाई शेयर बाँडफाँड भएको ६ महिनासम्म उनिहरुले दोस्रो बजारमा बिक्री गर्न पाउदैनन । त्यसमा पनि यसरी आइपिओ निष्काशन प्रकृयाँ रोकिदा उनिहरुको रणनीति फेल खान पुगेको हो ।
दोस्रो बजारमा कम्पनीको शेयर सप्लाइ एकदमै कम हुने भएकाले भोलिका दिनमा भाउ बढ्ने उनिहरुको विश्लेषण छ । सोहि विश्लेषणका आधारमा उनिहरुले बोर्डले दिएको रेञ्जको अधिकतम मूल्यका लागि आवेदन दिएका थिए । कम्पनीले प्राथमिक बजारबाटै एक अर्ब ५८ करोड उठाउने भएकाले जगेडा कोषमा एक अर्ब ३८ करोड रुपैयाँ जम्मा हुनेछ । यो रकमबाट पनि कम्पनीले आकर्षक लाभांश दिने सम्भावना भएकाले संस्थागत लगानीकर्ताले भोलिका दिनमा राम्रो पूँजीगत लाभ उठाउने उनिहरुको दाउ छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया