NIMB Header 2
Nepal Life

नेप्सेको ओरालो यात्रा निरन्तर, कारोबार रकम भने बढ्यो

National Life
  • BFIS News
  • 2024 Sep 08 15:50
नेप्सेको ओरालो यात्रा निरन्तर, कारोबार रकम भने बढ्यो
Sanima Reliance

काठमाडौं । साताको कारोबारको सुरुवाती दिनमै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से लगातार तेस्रो दिन ओरालो लागेको हो। आज नेप्से २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा बन्द भएको छ।

आज कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार ९ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ करोड रूपैयाँ वृद्धि भएको हो।

Shikhar
NIMB

यसदिन ३२८ वटा धितोपत्रको दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच भएको हो।

आइतबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज महुली लघुवित्त, श्रीजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ६३९, दुई हजार १७८ र एक हजार पाँच रूपैयाँ ४० पैसा कायम भएको छ।

यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १२ रूपैयाँ ५० पैसामा झरेको छ।

आज सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९६३ रूपैयाँमा ४२ करोड १९ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८२ प्रतिशत बढेको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ। यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया