NIMB Header 2
Nepal Life

नेप्सेको ओरालो यात्रा सोमबार पनि जारी, ५५.८६ अंकले घट्दा कारोबार रकममासमेत गिरावट

National Life
  • BFIS News
  • 2024 Sep 09 15:49
नेप्सेको ओरालो यात्रा सोमबार पनि जारी, ५५.८६ अंकले घट्दा कारोबार रकममासमेत गिरावट
Sanima Reliance

काठमाडौं । आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा बन्द भएको छ।

आज कारोबार रकममा पनि कमी आएको छ। आइतबार १० अर्ब १२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन नौ अर्ब ४३ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६९ करोड रूपैयाँ कमी भएको हो।

Shikhar
NIMB

यसदिन ३२७ वटा धितोपत्रको दुई करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच भएको हो।

सोमबार २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२२ वटाको घटेको छ।

यसदिन हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य सर्वाधिक ८.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५६५ रूपैयाँ कायम भएको छ। यसैगरी, नेपाल वेयर हाउजिङको मूल्य ७.५९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ६५ रूपैयाँ पुगेको छ।

यस्तै, उन्नति सहकार्य लघुवित्तको मूल्य सर्वाधिक ७.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ६३५ रूपैयाँमा झरेको छ। श्रीजनशील लघुवित्तको मूल्य ७.०२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार २५ रूपैयाँ कायम भएको छ।

सोमबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ८५ रूपैयाँमा ३७ करोडको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.२१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८०२ रूपैयाँ २० पैसामा २७ करोड ९४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन बैंकिङ, वित्त, होटल्स तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया