Nepal Life

नेप्सेको ओरालो यात्रा लगातार पाँचौं दिनमा, कारोबार रकममा पनि गिरावट

NMB Bank
  • BFIS News
  • 2024 Sep 10 15:55
नेप्सेको ओरालो यात्रा लगातार पाँचौं दिनमा, कारोबार रकममा पनि गिरावट
National Life

काठमाडौं । नेप्से लगातार पाँचौं दिन पनि घटेको छ। आज १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार नौ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन सात अर्ब २४ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब १९ करोड रूपैयाँ कमी भएको हो।

Shikhar
NIMB

यसदिन ६७ वटा धितोपत्रको एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ९०३ रूपैयाँ कायम भएको छ। यसैगरी, थ्री स्टार हाइड्रोपावरको मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५५ रूपैयाँ पुगेको छ। यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको मूल्य सर्वाधिक ८.८२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य नौ रूपैयाँ २० पैसामा झरेको छ।

स्वरोजगार लघुवित्तको मूल्य ५.९१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३५ रूपैयाँ कायम भएको छ।

मंगलबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य १७७ रूपैयाँमा २९ करोड ८१ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८७ रूपैयाँ ९० पैसामा २१ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.७९ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक स्थिर रहेको छ बाँकी ११ समूहको घट्दा समग्र नेप्से घटेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया