Nepal Life

लगातार ६ दिनको ओरालोपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममासमेत सुधार

NMB Bank
  • BFIS News
  • 2024 Sep 12 15:34
लगातार ६ दिनको ओरालोपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममासमेत सुधार
National Life

काठमाडौं । लगातार ६ दिनको ओरालोपछि साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। गत बुधबारदेखि सेयर बजार लगातार घटिरहेको थियो। ६ दिनमा नेप्से २१९ अंकले घटेको थियो।

आज नेप्से ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

आज कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ६ अर्ब ८५ करोड रूपैयाँको कारोबार भएकोमा आज ८ अर्ब १६ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ३१ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३१८ वटा धितोपत्रको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच भएको हो।

आज २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इष्टर्न हाइड्रोपावर र रावा इनर्जीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने एसियन हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३९ रूपैयाँ ५० पैसामा झरेको छ।

आज सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार २४० रूपैयाँमा ४७ करोड ६५ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ८३४ रूपैयाँमा २४ करोड ४८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज जलविद्युत समूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ भने दोस्रोमा अन्य समूहको परिसूचक ३.८२ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया