Nepal Life

अद्‍भूत व्यक्तित्वका धनी चिन्तक प्रदिप गिरी

NMB Bank
  • BFIS News
  • 2023 Aug 19 22:01
अद्‍भूत व्यक्तित्वका धनी चिन्तक प्रदिप गिरी
National Life

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले राजनीतिक चिन्तक प्रदिप गिरी अद्भूत व्यक्तित्वका धनी भएको बताएका छन् ।  

Shikhar
NIMB

प्रदिप गिरी स्मृति आयोजक समितिले शनिबार पशुपति क्षेत्रमा आयोजना गरेको लोक एवम् लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म यात्राको शुभारम्भ गर्दै नेता निधिले स्वतन्त्रता प्रेमी गिरी समानताका पक्षपाती भएको स्मरण गरे ।  

राजनीतिलाई सामाजिकीकरण गर्ने काम गिरीले नै गरेको उल्लेख गर्दै निधिले भारतका समाजवादीले समेत उहाँलाई राजनीतिक गुरु मान्ने गरेको बता बताए ।  

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले न्यायका पक्षपाती गिरी वैचारिक स्वतन्त्रताको वकालत गर्दै समानताका पक्षमा सदैव अडिग रहने गरेको स्मरण गरे । 

माओवादी नेता राम कार्कीले माक्सवादका बारेमा कम्युनिष्ट पार्टीका सदस्यहरुलाई प्रदिप गिरीले प्रशिक्षण दिएको स्मरण गर्दै कुनै दल विशेषको नेताका रुपमा लिन नहुने धारणा राखे । 

कार्यक्रममा भाइ शेखर गिरी, वरिष्ठ पत्रकार हरिहर विरही, पूर्व राजदूत विजयकान्त कर्ण, खिलानाथ दाहाललगायतले नेपालको लोतकान्त्रिक आन्दोलनमा गिरीको योगदानको स्मरण गरेका थिए ।  

कार्यक्रमा निधिले शहीद स्मृति प्रतिष्ठानद्वरा प्रकाशित प्रदिप गिरि स्मृति ग्रन्थको लोकापर्ण गरेका छन् ।  

निधिले पशुपतिबाट हेटौंडा, वीरगञ्ज हुँदै काशी प्रस्थान गरेको टोलीलाई गिरीको अस्तु हस्तान्तरण गरेका थिए । प्रदिप गिरीका निकट सहयोगी रामपल्टन साह, कञ्चन झा, मन्दिप पुरीको अगुवाइमा गिरीको अस्तु काशी लगिएको हो। काशीमा आयोजना हुने कार्यक्रममा भारतीय समाजवादी नेता सहभागी हुने बताइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया