NIMB Header 2
Nepal Life

रोकिएन नेप्सेको ओरालो यात्रा, दुई दिनमै १०७ अंकले घट्यो

National Life
  • BFIS News
  • 2024 Sep 16 15:38
रोकिएन नेप्सेको ओरालो यात्रा, दुई दिनमै १०७ अंकले घट्यो
Sanima Reliance

काठमाडौं। आज पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ। आइतबार ५०.७३ अंकले घटेको नेप्से आज ५७.०३ अंकले घटेको हो। यस साताको कारोबार सुरु भएको दुई दिनमै नेप्स १०७ अंकले घटेको छ। आज नेप्से २.१६ प्रतिशतले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार १० अर्ब ३३ करोड रूपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ९७ करोड रूपैयाँ कमी आएको हो।

आज ३१२ वटा धितोपत्रको एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच भएको हो। आज १४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच हजार ५०० रूपैयाँ कायम भएको छ। यस्तै हिमालयन हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५१४ रूपैयाँ २० पैसा पुगेको छ।

गुडविल फाइनान्सको मूल्य सर्वाधिक ९.९१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९४५ रूपैयाँमा झरेको छ। थ्री स्टार हाइड्रोपावरको मूल्य ९.३६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८४८ रूपैयाँ कायम भएको छ।

सोमबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९५१ रूपैयाँमा ३१ करोड ११ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१३ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६३ रूपैयाँमा २७ करोड ४२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया