NIMB Header 2
Prabhu Mahalaxmi

काठमाडौंबाट उड्दा भरिभराउ, फर्किँदा रित्तै!

United Ajod
  • BFIS News
  • 2024 Oct 03 15:30
काठमाडौंबाट उड्दा भरिभराउ, फर्किँदा रित्तै!
IME LIFE

काठमाडौं। केही दिन अगाडिको भारी वर्षा तथा पहिरोले सडक सञ्जालमा निकै क्षति पुर्‍याएको छ। पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग कहिले खुल्ने टुंगो छैन। यात्रुको सहजताका लागि आज (बिहीबार)देखि बुद्ध एयरले झापाको भद्रपुरमा दुई उडान थपेको छ।

Nepal Life
NIMB

यसले यात्रुलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आवतजावतमा थप सहजता हुने कम्पनीको विश्वास छ।

भद्रपुरदेखि काठमाडौं उडानको भाडादर ५ हजार रूपैयाँ रहेको छ। तथापि बुद्ध एयरको भद्रपुर–काठमाडौं दुई उडानमध्ये एक उडान खाली तथा अर्को उडानमा जम्मा १० जना यात्रु काठमाडौं आएका छन्। यी सबका बाबजुद बुद्ध एयरले भद्रपुर तथा जनकपुर गन्तव्यमा बिहानको उडान थप गरेको जनाएको छ। यी उडानहरू मौसम तथा अनुकूलतासँगै हरेक दिन थपिनेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया