Nepal Life

हेर्नुहोस् यस वर्षको धनतेरसको शुभ मुहूर्तहरु, धन्तेरशमा गर्नै पर्ने कार्यहरु जसले तपाईलाई बनाउनेछ धनधान्य

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 06:09
हेर्नुहोस् यस वर्षको धनतेरसको शुभ मुहूर्तहरु, धन्तेरशमा गर्नै पर्ने कार्यहरु जसले तपाईलाई बनाउनेछ धनधान्य
Sanima Reliance

काठमाडौं । यस वर्षको धन्तेरस अर्थात कार्तिक कृष्ण त्रयोदशी कार्तिक १३ गते विहान ११ बजे पछि सुरु हुन्छ । त्रयोदशीमा मनाइने भएकाले कार्तिक १४ गते साढे एक बजेसम्म यो तिथी रहेको छ । यस हिसावले धन्तेरसमा कुनै पनि सामान खरिद गर्दा यस भित्रका शुभ मुहुर्त पार्दा बढि भन्दा बढि लाभ प्राप्त गर्न सकिन्छ ।

NIMB

कार्तिक १३ गते ११ बजेर २६ मिनेटदेखि १२ बजेर १० मिनेट भित्र अभिजित मुहूर्त रहेकाले यस अवधिमा सामान खरिद गर्दा सबैभन्दा धेरै लाभ प्राप्त हुन्छ । यसै दिन २ बजे ३६ मिनेटदेखि ३ बजेर ५९ मिनेटसम्म राहुकाल रहेकाले यस अवधिमा सामान खरिद गर्नु हुँदैन । विहान ११ बजेर ४८ मिनेटदेखि १ बजेर २२ मिनेटसम्म गुलिक काल रहेकाले यस भित्रको अभिजित मुहूर्त बाहेक अन्य समयमा खरिद गर्नु हुँदैन । त्यसैले सबैभन्दा उत्तम समय विहान ११ बजेर २६ मिनेटदेखि १२ बजेर १२ मिनेटको अभिजित मुहूर्त र ४ बजे पछि जुनसुकै समयमा खरिद गर्दा पनि उत्तम मानिएको छ ।

धन त्रयोदशीको तिथि कार्तिक १४ गते अपरान्ह १ बजेर ३१ मिनेटसम्म रहेकाले १३ गते नभ्याउनेले १४ गते साढे एक बजेसम्म खरिद गर्न सकिनेछ ।  धनतेरसका दिन खरिद गरेका सामाग्रीहरु राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ।

यस अवधिमा चन्द्रमा कन्या राशिमा रहेकाले सबैभन्दा धेरै लाभ कर्कट राशिका व्यक्तिहरुले लिन सक्ने छन् । त्यस्तै मकर राशी तुला राशीका लागि पनि लाभप्रद छ । यस बाहेक कन्या, बृश्चिक, धनु, मिन, बृष र मिथुन राशीलाई पनि राम्रो छ । तर कुम्भ, मेष र सिंह राशीका लागि भने त्यति लाभप्रद देखिदैन ।   

धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । यस दिन धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । शुक्रबार हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् ।

धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मी र गणेशजीको मुर्ति, तस्बिर घर भित्र्याउनु फलदायी हुने धार्मिक मान्यता छ । माटोको मुर्ति वा तस्बिर पनि लिन सकिन्छ ।

धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दा स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी मानिन्छ ।

धनतेरसको दिन किनेको सामान घरको पूर्व-उत्तर दिशा (इशान कोण)मा लगेर राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई घरमा विराजमान हुने विश्वास छ । यस दिनकालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।

धन्तेरसको दिन कौडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ । यसदिन कुचो लगायतका सामग्री किन्ने प्रचलन पनि रहेको छ ।

धनतेरसमा गर्नु पर्ने कामहरु

दियो बाल्ने

धन्तेरसको दिन साँझमा एउटा दियो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनुपर्छ । त्यो कौडालाई रातो कपडामा बेरेर सेफ अथवा पैसा राख्ने ठाउँमा राख्नुपर्छ । त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ ।

यो मन्त्रका साथ जप गर्नुपर्छ

साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन-धान्यधिपतये धन-धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ । यसो गर्दा धनको कमी हुँदैन भन्ने किंवदन्ती छ ।

२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ

राति बिउहरुबाट अभिमन्त्रितत गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाधेर लक्ष्मी-कुवेरको पूजा गर्नुपर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ । यसो गर्नाले सबै आर्थिक रुपमा भएका सम्पूर्ण समस्याहरु कम हुन्छ भन्ने धार्मिक मान्यता छ ।

श्रीसूक्तको पाठ गर्नुपर्छ

धन्तेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्तको पाठ गर्नुपर्छ । भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ । यसो गर्दा तपाईलाई लाभ हुन्छ भन्ने विश्वास छ ।

चाँदीको सिक्का

धन्तेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने मानिन्छ ।

धन सम्बन्धी समस्याको कमी

यदि तपाईंसँग पैसा टिँक्दैन र धनको कमी हुन्छ भने धन्तेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसोगर्दा पैसा टिक्न थाल्छ ।

धनसँगै सम्मान पनि प्राप्त हुन्छ भन्ने विश्वास

ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नुपर्छ । यसो गर्नाले तपाईंको रोकिएको काम पूरा हुन्छ ।

पर्समा राख्नुपर्ने कुरा

धन्तेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नुपर्छ । त्यसो गर्नाले तपाईले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ ।

श्रीयन्त्रको पूजा

धन्तेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो पर्दैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया