Nepal Life

हाथवेले वर्षदिनमा शेयरबाटै कमायो झण्डै २६ करोड, मार्केटबाटै अर्बौको नेटवर्थ, यस्तो छ लगानी रणनीति

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Nov Fri 20:33
हाथवेले वर्षदिनमा शेयरबाटै कमायो झण्डै २६ करोड, मार्केटबाटै अर्बौको नेटवर्थ, यस्तो छ लगानी रणनीति
Shikhar detail

काठमाडौं । स्थापनाको छोटो समयमै पूँजी बजारमा फरक पहिचान बनाउदै सर्वसाधारणमा आइपिओ निष्काशन गर्न सफल हाथवे इन्भेष्टमेन्टले अर्बौ रुपैयाँको नेटवर्थ बनाइसकेको छ । पूँजी बजारमा पनि भविष्य छ भन्ने कुरालाई संस्थागत रुपमा प्रमाणित गरेको हाथवेले यहि कार्तिक २५ गते १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

NIMB

सभाले १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि मात्रै ०.५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दैछ । कम्पनीले गत आर्थिक वर्षमा शेयर बजारमा लगानी गरेरै २५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको थियो । गएको वर्ष यस्तो आम्दानी ६७ प्रतिशत बढेको देखिन्छ । 

कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा पूँजी बजारमा मात्रै २ अर्ब एक करोड लगानी रहेको छ । यस बाहेक अन्य वित्तीय सम्पत्तीहरु ३२ करोड २० लाख बराबरका रहेको छ । २ करोड १७ लाख भन्दा बढि नगद बैंकिङ प्रणालीमै रहेको देखिन्छ ।

लगानीको विवरण

हाथवेको लगानी विवरण हेर्दा सूचीकृत कम्पनीको शेयरमा भन्दा अन्य कम्पनीको शेयरमा बढि केन्द्रित भएको देखिन्छ । हाथलेले सुरुवातिदिन देखिनै सूचिकृत कम्पनीको शेयरमा भन्दा पनि समस्यामा रहेका कम्पनीमा लगानी गरेर आवश्यक व्यवस्थापन आफ्नो हातमा लिदै टेकओभर गर्दै त्यसबाट पूँजीगत लाभ लिएको पाइन्छ ।

समस्याग्रस्त कम्पनीको शेयर स्वामित्व आफ्नो मातहत ल्याउने र त्यसको व्यवस्थापन सुधार्ने काम गर्दै आएको हाथवेले दुई कम्पनीलाई पूनर्जीवन दिइसकेको छ । हाथवलेले साविक एनबि इन्स्योरेन्स र अरुण फाइनान्सलाई टेक ओभर गरेर आफुलाई बलियो बनाएको थियो । अहिले पनि कम्पनीको अधिकाम्स लगानी दोस्रो बजारमा पनि सूचिकृत नभएका कम्पनीको शेयरमा धेरै रहेको छ ।

लगानीको स्थिति हेर्दा हाथवेले घरजग्गामा मात्रै १८ करोड ४२ लाख रुपैयाँ रहेको छ । त्यस्तै सूचीकृत कम्पनीको शेयरमा ४२ करोड ९ लाख रुपैयाँ लगानी छ । तर सूचिकृत नभएको कम्पनीका संस्थापक शेयरमा ८१ करोड ३५ लाख रुपैयाँ लगानी रहेको छ । कम्पनीले सूचिकृत नभएका कम्पनीको शेयरमा लगानी गर्दै प्राथमिक शेयर निष्काशन पश्चात दोस्रो बजारमा सूचीकृत भए पछि बिक्री गरेर ठुलो लाभ लिने गरेको छ ।

अहिले पनि कम्पनी सँग लक इन अवधि खुल्न बँकी भएका कम्पनीको संस्थापक शेयरमा १४ करोड १४ लाख रुपैयाँ लगानी रहेको छ । त्यस्तै लक इन अवधि खुलेका संस्थापक शेयरमा ६३ करोड ८६ लाख रुपैयाँ लगानी रहेको छ । गएको वर्ष लक इन अवधि खुले सँगै २५ प्रतिशत शेयर बिक्री गरेको देखिन्छ । जवकी लक इन अवधि खुल्न बाँकी भएका कम्पनीको संस्थापक शेयरमा ९६ प्रतिशतले लगानी बढाएको छ ।

 

यसरी दोस्रो बजार तर्फको पोर्टफेलियो ४२ करोडमा सिमित हुँदा कम्प्रिहेन्सिभ रुपमा गरिएको  लगानी एक अर्ब ५९ करोड रहेको छ । यहि रणनीतिबाटै हाथवेले हालसम्म आफुलाई शेयर बजारमा बादशाहका रुपमा स्थापित गर्न सफल देखिन्छ । हाथवेको लाजिम्पाटमा आफ्नै भवन छ भने कयौ कम्पनीका शेयरमा ठुलो मात्रामा लगानी छ ।

पुँजी बजारका अलावा दिर्घकालिन लगानीका रुपमा रियलस्टेट, हाईड्रोपावर, बीमा जस्ता क्षेत्रमा समेत कम्पनीले लगानी गर्दै आएको छ। हाथवे समूहले विगतमा समस्याग्रत रहेको एनबी इन्स्योरेन्स र अरुण फाईनान्सको ब्यवस्थापन सम्हालेर सफलतापुर्वक संचालनमा ल्याएको थियो ।  

कम्पनीले दीर्घकालीन, मध्यकालीन र अल्पकालीन रुपमा लगानीको योजना बनाउने गरेको छ । अल्पकालीन रुपमा शेयर बजारमा लगानी गर्ने तथा मध्यकालीन तथा दीर्घकालीन रुपमा प्राइभेट इक्विटी तथा क्यापिटलमा लगानी गर्ने गरेको छ । कम्पनीले प्राइभेट तथा समुहलाई कुनै पनि काम गर्न पूँजी निर्माण गर्ने तथा पूँजी जुटाउने गर्छ । उक्त पूँजीलाई भ्यालु क्रिएट गर्दै सर्वसाधारणमा इस्यु गर्नेसम्मको योजना कम्पनीले बनाउने गर्छ ।

जतिबेला शेयर बजारमा संस्थागत लगानीकर्ता एकदमै कम थिए त्यसैबेला पूँजी बजारमा संस्थागत सहभागिता जनाउने गरी २०६५ सालमा हाथवे इन्भेष्टमेन्टको स्थापना भएको थियो । जतिवेला नेपालमा एउटा मात्रै म्युचुअल फण्ड थियो ।

कम्पनीले सामूहिक रुपमा तथा आइएमई ग्रुपको नेतृत्वमा २५ करोड रुपैयाँ पूँजी लिएर शेयर बजारमा प्रवेश गरेको थियो । कम्पनीले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने योजना बनाएको भए पनि शुरुवातमा भने जसरी अघि बढ्न सकेन । त्यसैले कम्पनीले सुरुमा कम्पनीले शेयर बजारमा मात्रै लगानी गर्यो ।

कम्पनी स्थापना हुनुभन्दा अगाडि २०६५ भदौमा नेप्से सबैभन्दा उच्च अंकमा थियो । त्यसपछि बजार दुई वर्षसम्म लगातार ओरालो लाग्दा कम्पनीले दुई वर्षमा आफ्नो जम्मा भएको पूँजी समेत गुमाउनु परेको थियो । कम्पनीले आधा भन्दा धेरै पूँजी गुमाएपछि फेरि कम्पनीलाई नयाँ ढङ्गले अगाडि बढाउने भन्दै तत्काल भएकै लगानीकर्ता मार्फत थप साढे १२ करोड रुपैयाँ पूँजी आह्वान गर्यो । त्यसपछि  भने कम्पनीले पछाडि फर्केर हेर्नु परेको छैन ।

पूँजी बजारमा आफ्नो उल्लेख्य सहभागिता जनाएको कम्पनीले चन्द्रगिरी हिल्स, डिसहोम, हाइड्रोपावर, बैंक, इन्स्योरेन्स, रि इन्स्योरेन्स तथा फाइनान्स लगायतका कम्पनीमा लगानी गर्दै आएको छ । कम्पनीले नाफाबाट आफ्नै हाथवे कम्प्लेक्स निर्माण गरिसकेको छ । कम्पनीले लगानीकर्तालाई राम्रो प्रतिफल त दिइरहेकै छ साथै संस्थागत रुपमा लगानी गर्ने हो भने राम्रो प्रतिफल लिन सकिने रहेछ भन्ने बलियो उदाहरण बनेको छ ।

 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार