Nepal Life

आइएमई लाइफको सिइओमा पवन कुमार खड्का नियुक्त, बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट, १८ वर्षको कार्यानुभव

NMB Bank
  • BFIS News
  • 2024 Nov 26 22:00
आइएमई लाइफको सिइओमा पवन कुमार खड्का नियुक्त, बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट, १८ वर्षको कार्यानुभव
United Ajod

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पवन कुमार खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । केहि दिन अगाडी मात्रै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका खड्कालाई कम्पनीको सञ्चालक समितिले उनलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । 

Shikhar
Nepal Life
NIMB

बैंक वित्तीय संस्था तथा कर्पोरेट क्षेत्रमा गरेर करिव १८ वर्षको अनुभव हासिल गरिसकेका खड्काको प्रमुख कार्यकारी अधिकृतको यात्रा भने साविक सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबाट सुरुवात भएको थियो । उनि २०७८ असारमा सूर्या लाइफको सिइओ बनेका थिए । २०७९ पुस महिनामा साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ बने पछि भने उनि बरिष्ट नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए । मर्जर पछि करिव करिव दुई वर्षको दौरान पछि उनले कम्पनी छाडेर आइएमई लाइफ रोजेका हुन् । 

काममा दक्ष मानिने खड्काले बेलायतबाट चार्टड एकाउन्टेन अध्ययन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेका उनले उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १८ वर्ष भन्दा लामो समय काम गरिसकेका छन् । उनि बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा ६ वर्ष भन्दा लामो समय काम गरिसके पछि सिइओ बनेका थिए । 

आइएमई लाइफले यस पटक बजारबाट खुला प्रतिस्पर्धा गराएरै प्रमुख कार्यकारी नियुक्त गरेको हो । बजारमा नाम चलेका सिइओ तथा डिसिइओलाई नै अन्तर्वार्ता लिएर कम्पनीले छनोट गरेको हो । कबि फ्याल बाहिरिए सँगै आइएमई लाइफ गएको भदौ महिनादेखि प्रमुख कार्यकारी अधिकृत विहिन थियो । 

सञ्चालक समितिले नियुक्त गरे पछि बीमा प्राधिकरणमा भने जानकारी गराउनु पर्छ । पछिल्लो समय बीमा प्राधिकरणले सम्बन्धित कम्पनीलाई नै प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि जिम्मेवार बनाउदै आएको छ । 

खड्काका लागि आइएमई लाइफको ब्राण्डिङ र शाखलाई बढाउनु पर्ने चुनौती रहेको छ । कम्पनीले प्रमिमियममा आइपिओ निष्काशन गरेर पूँजीकोषमा बलियो बनाए जस्तै जीवन बीमा व्यवसायमा थप छलाङ मार्दै द्रुत गतिमा अगाडी बढाउनु पर्ने अवस्था रहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया