Nepal Life

पाटन उच्च अदालतको फैसला : ट्राफिक प्रहरीले सवारी साधनको साँचो खोस्न नपाउने, मनपरी कार्य तत्काल बन्द गर्न निर्देशन

NMB Bank
  • BFIS News
  • 2025 Apr 17 19:24
पाटन उच्च अदालतको फैसला : ट्राफिक प्रहरीले सवारी साधनको साँचो खोस्न नपाउने, मनपरी कार्य तत्काल बन्द गर्न निर्देशन
United Ajod

काठमाडौं । पाटन उच्च अदालतले ऐतिहासिक फैसला गर्दै ट्राफिक प्रहरीले सवारी साधनको साँचो खोस्ने कानुनी अधिकार नभएको स्पष्ट पारेको छ। अदालतले यस्तो कार्य गैरकानुनी भएको भन्दै तत्काल रोक लगाउन आदेश दिएको छ। 

Shikhar
Nepal Life
NIMB

यो फैसला नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीद्वारा दायर गरिएको रिट निवेदनमा आएको हो। उक्त रिट काठमाडौंको टुकुचा खोला नजिकै ट्राफिक प्रहरीले सवारी चालकको साँचो खोस्न खोजेको भिडियो सार्वजनिक भएपछि दायर गरिएको थियो।

न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र कवि प्रसाद न्यौपानेको इजलासले ट्राफिक प्रहरी तथा नेपाल प्रहरी मुख्यालयलाई निर्देशन दिँदै सवारी जाँचको नाममा साँचो खोस्ने कार्य कानुनी आधारविहीन भएको उल्लेख गरेको छ।

अदालतले भन्यो, “सार्वजनिक पदमा बसेका प्रहरी अधिकारीहरूले कानुनी सीमाभित्र रही काम गर्नुपर्छ र जनतालाई त्रास दिने कार्यबाट टाढा रहनुपर्छ।” यद्यपि भिडियोमा स्पष्ट रूपमा साँचो खोसिएको पुष्टि नभएकाले अदालतले प्रत्यक्ष ‘म्यान्डेमस’ आदेश भने जारी गरेन, तर यस्तो कार्य गैरकानुनी भएको घोषणा गर्दै पुनः नदोहोर्याउन चेतावनी दिएको छ।

ट्राफिक प्रहरीको "हामीसँग साँचो खोस्ने अधिकार छ" भन्ने दाबीलाई अदालतले स्पष्ट रूपमा अस्वीकार गरेको छ। अदालतले भनेको छ— "हालको कुनै पनि कानुनी संरचनामा ट्राफिक प्रहरीलाई यस्तो अधिकार दिइएको छैन।"

कानुनी विज्ञहरूले यस फैसलालाई जनअधिकार संरक्षणतर्फको ठूलो कदमका रूपमा लिएका छन्। यो फैसलाले सर्वसाधारण चालकहरूलाई राहत दिएको छ र सुरक्षाकर्मीहरूलाई कानुनी र नैतिक मर्यादामा बाँध्न दबाव सिर्जना गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया