Nepal Life

बैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै नेको इन्स्योरेन्स

NMB Bank
  • BFIS News
  • 2025 Apr 18 09:24
बैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै नेको इन्स्योरेन्स
United Ajod

काठमाडौं। नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले बैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

इन्स्योरेन्सले गत माघ १७ गतेसम्म कायम शेयरधनीहरुका लागि, फागुन ८ गतदेखि चैत १४ गतेसम्म ४ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

इन्स्योरेन्सले संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले बैशाख २१ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा संस्थापक समूहको शेयरका लागि न्यूनतम १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारण समूहको शेयरका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिने पर्नेछ। सोभन्दा बढीका लागि सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल र विराटनगर कार्यालयबाट तथा नेको इन्स्योरेन्सको विर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरका कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया