Nepal Life

प्रभु हेलिकप्टरले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन, ६१ लाख २५ हजार कित्ता जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Apr 18 18:14
प्रभु हेलिकप्टरले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन, ६१ लाख २५ हजार कित्ता जारी गर्ने
United Ajod

काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । आइपिओबाट कम्पनीले ६१ करोड २५ लाख रुपैयाँ संकलन गर्नेछ।

Shikhar
Nepal Life
NIMB

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । CARE Ratings Nepal Limited (CRNL) ले प्रभु हेलिकोप्टरको रेटिङ पहिलेदेखि ‘ISSUER NOT COOPERATING’ मा राखेको भए पनि पछिल्लो पुनरावलोकनमा आवश्यक विवरण प्राप्त गरेपछि नयाँ रेटिङ प्रदान गरिएको छ। हाल कम्पनीलाई दीर्घकालीन रेटिङ ‘CARE-NP B’, अल्पकालीन ‘CARE-NP A4’ तथा बैंक सुविधामा ‘CARE-NP B(Is)’ प्रदान गरिएको छ, जसले समयमै दायित्व पूरा गर्न उच्च जोखिम रहेको देखाउँछ। 

प्रभु हेलिकोप्टर लिमिटेडले २०१५ मा मुक्तिनाथ एयरलाइन्स अधिग्रहण गरी हेलिकोप्टर सेवा सुरु गरेको हो। २०७९ साउन २९ मा यो कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। काठमाडौंमा आधारित यो कम्पनीले दृश्यावलोकन, पर्वतीय भ्रमण तथा आकस्मिक उद्दार सेवाहरू प्रदान गर्दै आएको छ। 

स्थापना भएदेखि नै, कम्पनीले उडान तथा सेवा दुबैमा उत्कृष्ट रेकर्ड कायम गर्न गर्दै आइरहेको छ । कम्पनीले हाल एकवटा नयाँ एयरबस H125 / AS350 B3e हेलिकप्टरद्वारा सेवा प्रदान गरिरहेका छ। पोखरामा कम्पनी सँग आफ्नै ह्याङ्गर सुविधा पनि उपलब्ध छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया