Nepal Life

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड नाघ्यो, प्रतिसेयर आम्दानी १२ रुपैयाँ, खुद व्याज आम्दानी ४ अर्ब २५ करोड

NMB Bank
  • BFIS News
  • 2025 Apr 19 16:55
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड नाघ्यो, प्रतिसेयर आम्दानी १२ रुपैयाँ, खुद व्याज आम्दानी ४ अर्ब २५ करोड
United Ajod

काठमाडौं, वैशाख ६ गते । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको यही अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको नाफा बढ्नमा ‘इम्पेयरमेन्ट चार्ज’ मा आएको कमी मुख्य कारक बनेको छ। यो चार्ज अघिल्लो वर्षको ९४ करोड ४३ लाख रुपैयाँबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, खुद ब्याज आम्दानी पनि ३ अर्ब ८४ करोडबाट बढेर ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ, जसले कुल नाफा वृद्धिमा थप टेवा पुर्‍याएको छ।

बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) १२ रुपैयाँ ६५ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ २० पैसा रहेको बैंकको लाभांश वितरण क्षमता हाल ७ करोड ७ लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया