Nepal Life

नेपाल फाइनान्स लिमिटेडको तेस्रो त्रैमाशिक मुनाफामा सामान्य बृद्धि, खराव कर्जा ९.६६ प्रतिशत

NMB Bank
  • BFIS News
  • 2025 Apr 19 18:28
नेपाल फाइनान्स लिमिटेडको तेस्रो त्रैमाशिक मुनाफामा सामान्य बृद्धि, खराव कर्जा ९.६६ प्रतिशत
United Ajod

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाशिक अवधिमा १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १३ लाख १८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Shikhar
Nepal Life
NIMB

व्याज आम्दानी २२ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २२ करोड ६ लाख आर्जन गरेको थियो । खुद व्याज आम्दानी भने ४ करोड ६१ लाख रहेको छ । खराव कर्जा ९.६६ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा खराव कर्जा  ९.२४ प्रतिशत थियो। संस्थाको चुक्ता पूँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ, जबकि जगेडा कोष ऋणात्मक रहेको छ।

प्रमुख वित्तीय अनुपातहरुः

  • प्रति शेयर आम्दानी (वार्षिक): ०.३१

  • प्रति शेयर शुद्ध मूल्य: १३७.१२

  • प्रति शेयर कुल सम्पत्तिको मुल्य: ६८७.०१

  • तरलता अनुपात: ५०.९०

नेपाल फाइनान्स लिमिटेडको तेस्रो त्रैमाशिक अवधिमा निक्षेप संकलन र कर्जा लगानीमा सामान्य वृद्धि भएको छ। कर्जा र निक्षेपको अनुपात र प्राथमिक पूंजीको पर्याप्तता, साथै तरलताका आधारमा संस्थाले कारोबार विस्तारलाई प्राथमिकता दिने रणनीतिक योजना बनाएको छ। यद्यपि, कर्जा प्रवाहको नीतिको कारणले निक्षेप संकलनमा विशेष ध्यान दिनुपर्ने अवस्था देखिन्छ।

संस्थाले खराब कर्जा असूलीलाई पनि प्राथमिकतामा राखेर कार्य गरिरहेको छ, र यस कार्यको लागि विशेष ध्यान दिइरहेको छ। यद्यपि, हाल संस्थाको नगद मौज्दात, नाफा नोक्सान वा नगद प्रवाहमा कुनै तात्विक असर पार्न सक्ने घटना वा अवस्था छैन। नेपाल फाइनान्स लिमिटेडको रणनीतिक योजना र वित्तीय स्थिरता सुधारमा योगदान पुर्‍याउने प्रयास निरन्तर जारी छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया