NIMB Header 2
Nepal Life

गभर्नरको चर्चा : 'डा. गुणाकर भट्टको योग्यता अपुग भन्ने चर्चा निराधार'

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 20 04:27
गभर्नरको चर्चा : 'डा. गुणाकर भट्टको योग्यता अपुग भन्ने चर्चा निराधार'
National Life

काठमाडौं । वरिष्ठ अधिवक्ता रेशमराज रेग्मीले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रुपमा चर्चामा रहेका डा. गुणाकर भट्टको योग्यता अपुग भन्ने दावीलाई आधार नभएको बताएका छन्। उनले डा. भट्ट सबै दृष्टिले गभर्नर पदका लागि योग्य रहेको प्रष्ट पारे।

Shikhar
NIMB

उनका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०७३ को दफा २१ मा गभर्नर हुन अयोग्यता सम्बन्धी व्यवस्था भए पनि उक्त प्रावधानले कार्यकारी निर्देशकलाई रोकेको छैन। ऐनले वाणिज्य बैंक वा वित्तीय संस्थाको बहालवाला पदाधिकारी मात्र गभर्नर बन्न नसक्ने व्यवस्था गरेको छ।

यसैबीच, डा. भट्टलाई गभर्नर नियुक्ति गर्न खोजिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्चमा रिट दायर गर्दै डा. भट्टको योग्यता नपुग्ने दाबी गरेका हुन्। उक्त मुद्दाको पेसी आइतबार तोकिएको छ। रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, राष्ट्र बैंकको केन्द्रीय कार्यालय र स्वयं डा. भट्टलाई विपक्षी बनाइएको छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति गठन हुने व्यवस्था छ। हाल अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य रहेको समिति बनेको छ। उक्त समितिमा पूर्व गभर्नरमध्ये एक र आर्थिक, मौद्रिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा प्रतिष्ठा कमाएका व्यक्तिहरू रहने प्रावधान छ।

गभर्नर नियुक्ति प्रक्रियामा सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउनुपर्ने ऐनको व्यवस्था छ। तर, सो सूचीमा राष्ट्र बैंकका बहालवाला अधिकारीहरूमध्ये डेपुटी गभर्नरभन्दा तलका पदाधिकारी समावेश गर्न नमिल्ने प्रावधान छ। यसकारण कार्यकारी निर्देशक डा. भट्ट गभर्नर बन्न मिल्दैन भन्ने तर्क गरिएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया