Nepal Life

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा साढे ४ अर्ब नाघ्यो, जगेडा कोषमा ३१ अर्ब ९५ करोड

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 07:45
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा साढे ४ अर्ब नाघ्यो, जगेडा कोषमा ३१ अर्ब ९५ करोड
United Ajod

काठमाडौं  वैशाख ७ – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIMB) ले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले वृद्धि भएको हो।

Shikhar
Nepal Life
NIMB

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो। यस वर्ष नाफा वृद्धि भएपनि खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ। समीक्षावधिमा ब्याज आम्दानी ६.५० प्रतिशतले घटेको छ। यद्यपि, इम्पेरमेन्ट चार्जमा उल्लेखनीय गिरावट आएपछि बैंकको नाफा बढ्न सकेको हो।

इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोड रुपैयाँबाट घटेर १ अर्ब १९ करोड रुपैयाँमा झरेको छ। यसका साथै, खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि २२.२६ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी भने १.६५ प्रतिशतले घटेको देखिन्छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। अघिल्लो वर्षको तुलनामा ४ रुपैयाँ ९४ पैसाले वृद्धि भएर यो त्रैमासमा EPS १७ रुपैयाँ ७४ पैसा पुगेको छ।

तर, बैंकको वितरणयोग्य आम्दानी भने ऋणात्मक रहेको छ। चैत मसान्तसम्ममा वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ नकारात्मक रहेको बैंकको विवरणमा उल्लेख छ। सो अवधिसम्ममा बैंकको मूल्य-आम्दानी अनुपात (P/E ratio) ११.९२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ कायम रहेको छ।

३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया