Nepal Life

ग्लोबल आइएमई बैंकले कमायो साढे ४ अर्बभन्दा बढी नाफा, ईपीएस पनि वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 07:54
ग्लोबल आइएमई बैंकले कमायो साढे ४ अर्बभन्दा बढी नाफा, ईपीएस पनि वृद्धि
United Ajod

काठमाडौं । वैशाख ८ – ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो।

नाफा वृद्धि हुनुमा मुख्य कारण इम्पेरमेन्ट चार्जमा देखिएको उल्लेख्य कमी हो। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर ३ अर्ब ११ करोड रुपैयाँमा झरेको छ।

यद्यपि, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेको छ। तर, खुद फि तथा कमिशन आम्दानी भने १७.३० प्रतिशतले वृद्धि भएको छ। बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेको भएपनि सञ्चालन मुनाफा ३४.४१ प्रतिशतले बढेको छ।

प्रतिशेयर आम्दानी र वितरणयोग्य मुनाफा

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको वार्षिककृत ईपीएस ३ रुपैयाँ ६६ पैसाले वृद्धि भई १५ रुपैयाँ ८६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ।

यस अवधिमा बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) १३.७९ गुणा रहेको छ। त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ।

वित्तीय स्थिति

हाल बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको वित्तीय प्रदर्शनलाई बजार विश्लेषकहरूले सकारात्मक संकेतका रूपमा हेरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया