Nepal Life

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घट्दा ईपीएसमा पनि गिरावट

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 08:13
स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घट्दा ईपीएसमा पनि गिरावट
United Ajod

काठमाडौं। स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Shikhar
Nepal Life
NIMB

यो नाफा अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँको तुलनामा ११.१७ प्रतिशतले कम हो।

खुद नाफामा आएको गिरावटको प्रमुख कारण बैंकको ब्याज आम्दानीमा देखिएको कमी हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३३ प्रतिशतले घटेर ३ अर्ब २४ करोड रुपैयाँमा झरेको छ।

इपीएसमा गिरावट

नाफासँगै स्टान्डर्ड चार्टर्डको प्रतिसेयर आम्दानी (EPS) पनि घटेको छ। अघिल्लो त्रैमासको तुलनामा ५ रुपैयाँ ७४ पैसाले घटेर हाल EPS २८ रुपैयाँ ८६ पैसा कायम भएको छ।

वित्तीय सूचकहरू

बैंकले खराब कर्जा (NPL) अनुपात २.१४ प्रतिशतबाट घटाएर १.४४ प्रतिशतमा झार्न सफल भएको छ। वर्तमान अवस्थामा बैंकको चुक्ता पूँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा रहेको छ।

ब्याज आम्दानी घट्दासमेत बैंकले जोखिम व्यवस्थापन सुधार गर्दै खराब कर्जा नियन्त्रण गर्न सफल भएको देखिन्छ, तर आम्दानीमा आएको गिरावटले समग्र वित्तीय प्रदर्शनमा दबाव पारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया