Nepal Life

कुमारी बैंकको नाफामा ७२.८५% को गिरावट, एनपीएल झन्डै ७% मा

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 08:32
कुमारी बैंकको नाफामा ७२.८५% को गिरावट, एनपीएल झन्डै ७% मा
United Ajod

काठमाडौं । कुमारी बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म खुद नाफा ७२.८५ प्रतिशतले घटेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले समीक्षा अवधिमा २८ करोड ५८ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको १ अर्ब ५ करोड रुपैयाँ नाफाको तुलनामा उल्लेख्य गिरावट हो।

इम्पेयरमेन्ट चार्ज र ब्याज आम्दानीले पारेको असर

बैंकको नाफामा आएको गिरावटको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा देखिएको तीव्र वृद्धि र ब्याज आम्दानीको घटावट हो। इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर यस वर्ष ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद ब्याज आम्दानी पनि ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ८ अर्ब ४२ करोड रुपैयाँ थियो।

वित्तीय सूचकहरू कमजोर

हाल कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ सञ्चित छ। तर, बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ, जसले लाभांश वितरणमा असर पार्न सक्छ।

बैंकको प्रतिसेयर आम्दानी (EPS) १ रुपैयाँ ४५ पैसा मात्र रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ।

खराब कर्जा (NPL) झन्डै ७ प्रतिशत

बैंकको गैर–सञ्चल कर्जा अनुपात (NPL) अघिल्लो वर्षको ४.९५ प्रतिशतबाट बढेर ६.९८ प्रतिशत पुगेको छ, जुन नेपाल बैंकिङ क्षेत्रमा उच्च मानिने सूचक हो।

वित्तीय विश्लेषकहरूका अनुसार, कर्जाको गुणस्तरमा आएको गिरावट र जोखिम व्यवस्थापनमा देखिएको कमजोरीले बैंकको समग्र वित्तीय प्रदर्शनमा चुनौती थपेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया