Nepal Life

नाफासँगै एभरेष्ट बैंकको प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 08:54
नाफासँगै एभरेष्ट बैंकको प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि
United Ajod

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

Shikhar
Nepal Life
NIMB

यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.५५ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भएको सुधारका कारण हो। खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ३६.४१ प्रतिशतले बढेर ५ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ।

इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएको छ। गत वर्ष ६३ करोड ७१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष घटेर २७ करोड २९ लाख ९८ हजार रुपैयाँमा झरेको छ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ सञ्चित छ।

यस वित्तीय प्रगतिको प्रभाव बैंकको प्रतिसेयर आम्दानीमा पनि देखिएको छ। बैंकको प्रति शेयर आम्दानी (EPS) ६ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ६१ पैसा पुगेको छ। अघिल्लो वर्ष यो २९ रुपैयाँ ५५ पैसा थियो। यस्तै, बैंकको प्रति शेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया