Nepal Life

प्राइम कमर्सियल बैंकले ९ महिनामा कमायो २ अर्ब २२ करोड नाफा, वितरणयोग्य नाफामा ४५०% वृद्धि

RBB
  • BFIS News
  • 2025 Apr Sun 09:32
प्राइम कमर्सियल बैंकले ९ महिनामा कमायो २ अर्ब २२ करोड नाफा, वितरणयोग्य नाफामा ४५०% वृद्धि
Shikhar detail

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

NIMB

यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो। गत वर्ष बैंकले २ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेर नाफामा दबाब परेको देखिन्छ। अघिल्लो वर्ष ८९ करोड ५० लाख रुपैयाँ रहेको चार्ज यस वर्ष २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६६ करोड रुपैयाँमा पुगेको छ, जसले समग्र राजस्वमा सकारात्मक प्रभाव पारेको छ।

बैंकको वितरणयोग्य नाफा उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको तुलनामा वितरणयोग्य नाफा करिब साढे ४ सय प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। यसबाट बैंकले १०.५७ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ।

हाल बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ छ भने जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ सञ्चित छ। समीक्षाअवधिमा प्रति शेयर आम्दानी (EPS) १५ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ ६३ पैसा कायम छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार