Nepal Life

प्रभु बैंकको नाफामा सामान्य वृद्धि, खराब कर्जा नियन्त्रण प्राथमिकतामा

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 09:42
प्रभु बैंकको नाफामा सामान्य वृद्धि, खराब कर्जा नियन्त्रण प्राथमिकतामा
United Ajod

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशतले मात्र वृद्धि हो।

Shikhar
Nepal Life
NIMB

बैंकको कुल ब्याज आम्दानी १६.०४ प्रतिशतले घट्दा र सञ्चालन नाफा पनि ३.८५ प्रतिशतले घटेपछि नाफामा उल्लेखनीय सुधार देखिएको छैन। तर, गैर-अपरेशनल खर्चमा कटौती र डिफर्ड ट्याक्स आयमा वृद्धिका कारण नाफामा सामान्य सुधार देखिएको बैंकले जनाएको छ।

खराब कर्जाको अवस्था भने थप चुनौतीपूर्ण बनेको छ। अघिल्लो त्रैमासको तुलनामा खराब कर्जा ०.२८ प्रतिशत विन्दुले बढेर ५.०९ प्रतिशत पुगेको छ। बैंकले खराब कर्जा व्यवस्थापनलाई प्राथमिकतामा राख्ने जनाएको छ।

प्रभु बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३७ पैसाले बढेर १० रुपैयाँ ६३ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ।

चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ पुगेको छ। यसका साथै, बैंकको जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। यद्यपि, वितरणयोग्य नाफा भने ३ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक देखिएको छ।

बैंकले आगामी त्रैमासहरूमा खराब कर्जा नियन्त्रणमा विशेष ध्यान दिने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया