Nepal Life

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ५,१२९ जनाले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 10:49
विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ५,१२९ जनाले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा
United Ajod

बैशाख ७, आइतबार — विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) को एफपीओ (फोलो-अप पब्लिक अफरिङ) आज बाँडफाँट गरिएको छ। संस्थाले चैत २१ गतेदेखि २६ गतेसम्म एफपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।

Shikhar
Nepal Life
NIMB

नेपाल एसबीआई क्यापिटल लिमिटेडका अनुसार, लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता (कुल ५१ लाख २९ हजार २५० रुपैयाँ बराबर) एफपीओ निष्काशन गरेको थियो। उक्त एफपीओका लागि कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ताको माग प्राप्त भएको थियो।

जसमध्ये २,५२३ आवेदकका आवेदन रद्द गरिएको र बाँकी १९ लाख २० हजार ९३९ आवेदन वैध ठहरिएका छन्। अत्यधिक माग परेकाले बाँडफाँट गोलाप्रथाबाट गरिएको हो।

बाँडफाँट अनुसार, ५,१२९ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी रहेको २.५० कित्ता शेयर तीन जनाबीच बाँडफाँट गरिएको छ, जसअनुसार दुई जनाले ११ कित्ताका दरले र एक जनाले १०.५० कित्ता प्राप्त गरेका छन्। एफपिओको तिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । मेरो शेयर रिजल्ट

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया