Nepal Life

सुर्खेतमा सवारी दुर्घटना : ठक्करबाट गम्भीर घाइते भएका वृद्धकाे उपचारकाे क्रममा मृत्यु

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 14:05
सुर्खेतमा सवारी दुर्घटना : ठक्करबाट गम्भीर घाइते भएका वृद्धकाे उपचारकाे क्रममा मृत्यु
United Ajod

बीरेन्द्रनगर, बैशाख ७ गते । सुर्खेतको बीरेन्द्रनगरस्थित रेडियो नेपाल नजिकै सवारी दुर्घटनामा परी एक वृद्धको ज्यान गएको छ।

Shikhar
Nepal Life
NIMB

जुम्ला जिल्लाको हिमा गाउँपालिका–४ घर भएका अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढालाई फोर्स गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका बुढालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनापछि गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया