Nepal Life

"एनएमबि हाइब्रिड फण्ड एल–II" नेप्सेमा सूचीकृत

NMB Bank
  • BFIS News
  • 2025 Apr 21 09:33
"एनएमबि हाइब्रिड फण्ड एल–II" नेप्सेमा सूचीकृत
United Ajod

काठमाडौं। एनएमबि क्यापिटल लिमिटेडनेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच सम्झौता भई "एनएमबि हाइब्रिड फण्ड एल–II" म्युचुअल फण्ड योजना नेप्सेमा सूचीकृत भएको छ।

Shikhar
Nepal Life
NIMB

सम्झौतापछि कुल १३,६४,८४,००० इकाइ रु. १० अंकित मूल्यमा सूचीकृत गरिएको हो। यो योजना माघ २४ देखि माघ २८, २०८१ सम्म सर्वसाधारणका लागि खुला गरिएको थियो।

सूचीकृत इकाइको सोमबारदेखि कारोबार सुरू हुने अपेक्षा गरिएको छ। यो योजना एक बन्दमुखी म्युचुअल फण्ड हो, जसको कारोबार नेप्सेमा हुनेछ।

सूचीकृत फण्ड 'NMBHF2' सिम्बोल अन्तर्गत कारोबार हुने जानकारी दिइएको छ।

फाल्गुन २०८१ को लागि फण्डको शुद्ध सम्पत्ति मूल्य (NAV) रु. ९.९७ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया