Nepal Life

"७.५०% एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१" नेप्सेमा सूचीकृत

NMB Bank
  • BFIS News
  • 2025 Apr 22 11:21
"७.५०% एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१" नेप्सेमा सूचीकृत
United Ajod

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको "७.५०% एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१ (EBLD91)" नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । 

Shikhar
Nepal Life
NIMB

सम्झौता अनुसार, कुल ३०,००,००० इकाई डिबेन्चरहरू प्रतिइकाई मूल्य रु. १००० मा नेप्सेमा सूचीकृत गरिएको हो। उक्त डिबेन्चर निष्कासन मिति फाल्गुन १८ गते, २०८१ मा खुला भई फाल्गुन २३ गते, २०८१ मा बन्द भएको थियो। डिबेन्चरको इस्यु म्यानेजरमा एलएस क्यापिटल लिमिटेड रहेको थियो।

"७.५०% एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१" नाम अनुसार, यो डिबेन्चरको परिपक्वता अवधि १० वर्ष रहेको छ र यसमा वार्षिक ७.५०% कुपन दर प्रदान गरिनेछ।

यस डिबेन्चरको सूचिकरणसँगै लगानीकर्ताहरूलाई दोस्रो बजारमा समेत कारोबार गर्न सकिने सुविधा प्राप्त भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया