Nepal Life

सगरमाथा लुम्बिनी सलिकको २८ औं साधारणसभा बैशाख २८ गते, १५ प्रतिशत नगद लाभांश पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Apr 22 11:27
सगरमाथा लुम्बिनी सलिकको २८ औं साधारणसभा बैशाख २८ गते, १५ प्रतिशत नगद लाभांश पारित गर्ने
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले बैशाख २८ गते, रानीमहल बैंकेट प्रा.लि., ज्ञानेश्वर, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

Shikhar
Nepal Life
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। यसका साथै सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई भुक्तानी गरेको रकम अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया