Nepal Life

पूर्वगभर्नर विजयनाथ भट्टराईको राजीनामा, गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा

NMB Bank
  • BFIS News
  • 2025 Apr 22 19:20
पूर्वगभर्नर विजयनाथ भट्टराईको राजीनामा, गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा
United Ajod

काठमाडौँ, वैशाख ९ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।

Shikhar
Nepal Life
NIMB

भट्टराई सिफारिस समितिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय समितिका सदस्य थिए।

सरकारले गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउनका लागि चैत ११ गते उक्त समिति गठन गरेको थियो। समितिमा अर्थमन्त्री पौडेलका अतिरिक्त मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ अर्थविद् डा. विश्व पौडेल सदस्यको रुपमा रहेका थिए।

समिति गठन भएको एक महिना बितिसक्दा पनि अहिलेसम्म एकपल्ट पनि बैठक बस्न सकेको छैन। नियमानुसार राष्ट्र बैंकको गभर्नरको पद रिक्त हुनुअघि नै नयाँ गभर्नरको नियुक्ति गरिनुपर्ने व्यवस्था छ। तर, हालसम्म पनि नयाँ गभर्नर नियुक्तिको प्रक्रिया टुंगोमा पुग्न सकेको छैन।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल गत चैत २४ गते सम्पन्न भइसकेको छ। यद्यपि, राजनीतिक असमझदारी र खिचातानीका कारण नियुक्ति प्रक्रिया अन्योलमा परेको छ। भट्टराईको राजीनामापछि गभर्नर नियुक्ति थप ढिलाइ हुने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया