Nepal Life

शिक्षकको अपमान गर्ने प्रधानमन्त्री एक दिन पनि सरकारमा बस्न मिल्दैन : प्रचण्ड

NMB Bank
  • BFIS News
  • 2025 Apr 22 20:14
शिक्षकको अपमान गर्ने प्रधानमन्त्री एक दिन पनि सरकारमा बस्न मिल्दैन : प्रचण्ड
United Ajod

काठमाडौँ, वैशाख ९। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षकको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओली एक दिन पनि सरकारमा बस्न नहुने टिप्पणी गरेका छन्।

Shikhar
Nepal Life
NIMB

मंगलबार नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गरेको व्यवहार अस्वीकार्य भएको बताएका हुन्।

“यो सरकारका प्रधानमन्त्रीले १ दिन पनि सरकारमा बस्ने हैसियत गुमाइसकेका छन्,” प्रचण्डले भने, “दुई हप्तादेखि शिक्षकहरू आन्दोलित छन्, तर प्रधानमन्त्रीले उनीहरूको मागप्रति गम्भीर हुने सट्टा अपमान, गाली र हप्काउने व्यवहार गरेका छन्।”

प्रचण्डले आन्दोलनरत शिक्षकहरूलाई धैर्यपूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्दै विगतमा पटक–पटक आन्दोलन गर्दा पनि धोका भोग्नु परेको स्मरण गराए। “यसपटक त्यस्तो हुन नदिन सबैले जिम्मेवारीपूर्वक साथ दिनुपर्छ,” उनले जोड दिए।

साथै, पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा शिक्षकहरूसँग भएको सहमति अनुसार संसदमा दर्ता गराइएको विधेयकलाई अविलम्ब अघि बढाउन सरकारसँग माग गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया