Nepal Life

सुनको मूल्यमा एकैदिन ७५ सय रुपैयाँको भारी गिरावट, नयाँ रेकर्ड पछ्याउँदै चाँदी पनि घट्यो

NMB Bank
  • BFIS News
  • 2025 Apr 23 11:09
सुनको मूल्यमा एकैदिन ७५ सय रुपैयाँको भारी गिरावट, नयाँ रेकर्ड पछ्याउँदै चाँदी पनि घट्यो
United Ajod

काठमाडौं, वैशाख १० गते ।  ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार एकाएक भारी गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा झरेको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबार मात्र छापावाल सुनको मूल्यमा तोलामा ६ हजार ९ सय रुपैयाँको तीव्र वृद्धिसहित ऐतिहासिक १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। तर त्यसको भोलिपल्टै यति ठूलो गिरावट आउनु अप्रत्याशित मानिएको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नु, डलरको मूल्यमा भएको उतारचढाव, तथा स्वर्ण व्यापारमा आएको अस्थिरता यस्ता भारी गिरावटका कारण हुनसक्छन्।

त्यस्तै, चाँदीको मूल्यमा पनि बुधबार सामान्य गिरावट देखिएको छ। मंगलबार प्रति तोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँले घटेर १ हजार ९ सय ६५ रुपैयाँमा झरेको हो।

वर्तमान मूल्यहरू:

  • छापावाल सुन: १,९०,४०० रुपैयाँ प्रति तोला

  • चाँदी: १,९६५ रुपैयाँ प्रति तोला

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया