Nepal Life

आज यी २ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Apr 23 11:12
आज यी २ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
United Ajod

काठमाडौं, वैशाख १० — आज (बुधबार) स्वरोजगार लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत यी दुई कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म शेयरधनी बनेकाले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले उक्त लाभांश अनुमोदन गर्न वैशाख २९ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः३० बजे वार्षिक साधारण सभा आह्वान गरेको छ।

यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सोही आवको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको छ। यस प्रस्ताव अनुमोदनका लागि कम्पनीले वैशाख १९ गते तिलोत्तमा–५, रुपन्देहीस्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारण सभा आयोजना गर्नेछ। लाभांश प्राप्त गर्न इच्छुक लगानीकर्ताले आज (वैशाख १०) सम्म आफ्ना सेयर कायम राखिसक्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया