Nepal Life

ग्लोबल आईएमई बैंकद्वारा रूफटप सोलार ऋण योजना सुरु, नवीकरणीय ऊर्जाको प्रवर्द्धनमा सहयोग

NMB Bank
  • BFIS News
  • 2025 Apr 23 14:24
ग्लोबल आईएमई बैंकद्वारा रूफटप सोलार ऋण योजना सुरु, नवीकरणीय ऊर्जाको प्रवर्द्धनमा सहयोग
United Ajod

काठमाडौं, बैशाख १०। पृथ्वी दिवसको अवसर पारेर ग्लोबल आईएमई बैंकले रूफटप सोलार ऋण योजना सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

उद्योग तथा व्यापारिक भवनहरूमा सौर्य ऊर्जा प्रणाली जडान गर्न प्रोत्साहन दिन यो योजना ल्याइएको बैंकले जनाएको छ।

बैंकका अनुसार, वातावरणीय प्रभाव घटाउने, ऊर्जा सुरक्षामा टेवा पुर्‍याउने र नवीकरणीय ऊर्जा प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना लागू गरिएको हो। योजना विशेषगरी होटल, अस्पताल, विद्यालय र आवासीय कम्पनीहरूलाई लक्षित गरिएको छ।

सन् २०२४ को बेस्ट बैंक अवार्ड सहित विभिन्न सम्मान प्राप्त गरिसकेको ग्लोबल आईएमई बैंकको देशभर १,१०० भन्दा बढी सेवा केन्द्रहरू सञ्चालनमा छन्। बैंकले नेपालभित्र र विश्वव्यापी रूपमा विस्तारित बैंकिङ तथा रेमिट्यान्स सेवाहरू प्रदान गरिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया