Nepal Life

भ्रष्टाचारमा दोषी ठहरिएकाले अब निवृत्तिभरण नपाउने

NMB Bank
  • BFIS News
  • 2025 Apr 23 15:01
भ्रष्टाचारमा दोषी ठहरिएकाले अब निवृत्तिभरण नपाउने
United Ajod

काठमाडौं, बैशाख १०। अबदेखि भ्रष्टाचार लगायत गम्भीर फौजदारी अपराधमा दोषी ठहरिएकाले निवृत्तिभरण (पेन्सन) पाउने छैनन्।

Shikhar
Nepal Life
NIMB

संघीय निजामति विधेयकमा यस्तो व्यवस्था गर्न सहमति जुटेको छ।

बुधवार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त प्रावधानमा सहमति जुटेको समिति सभापति रामहरी खतिवडाले जानकारी दिए। उनका अनुसार अदालतबाट भ्रष्टाचार, सरकारी वा सार्वजनिक कागज किर्ते, राज्यविरुद्धको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, शरीर वन्धक, जबरजस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा दोषी ठहरिएकाले अब निवृत्तिभरण नपाउने व्यवस्था गरिनेछ।

यसअघि भ्रष्टाचार गरेको पुष्टि भएका अवकाशप्राप्त कर्मचारीहरूले समेत पेन्सन पाउँदै आएका थिए। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४६ अनुसार, सेवामा रहँदा भ्रष्टाचार गरेको प्रमाणित भएमा पूर्वकर्मचारीविरुद्ध पनि मुद्दा चलाउन सकिने व्यवस्था छ। तर, उनीहरूको पेन्सन सुविधा रोकिने विषयमा प्रस्ट व्यवस्था थिएन।

नयाँ प्रस्तावले अब उक्त विषयलाई स्पष्ट पार्दै राज्यको ढुकुटीबाट भ्रष्टाचारीलाई लाभ पुग्न नदिन प्रयास गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया