Nepal Life

पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजार ५२० आवेदकले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा

NMB Bank
  • BFIS News
  • 2025 Apr 24 10:19
पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजार ५२० आवेदकले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा
United Ajod

काठमाडौं । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ। कम्पनकिो शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर गत चैत २८ गतेदेखि बैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भएको छन् भने ६ हजार ४२६ आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जनाएको छ। आइपिओको नतिजा मेरो शेयरको वेवसाइटबाट हेर्न सकिन्छ । यहाँ क्लिक गर्नुहोस् 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया