Nepal Life

नेको इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी २ अर्ब ६९ करोड पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Apr 24 11:45
नेको इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी २ अर्ब ६९ करोड पुग्ने
United Ajod

काठमाडौं, बैशाख ११ – नेको इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी  २ अर्ब ५१ करोड ५४ लाख ९ हजार रुपैयाँ रहेको छ। प्रस्तावित ७ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६९ करोड पुग्नेछ । 

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेपछि आगामी वार्षिक साधारण सभाबाट पारित भई शेयरधनीहरूलाई वितरण गर्नेछ । 

विगत वर्षहरूमा नेको इन्स्योरेन्सले वितरण गरेको लाभांश विवरण:

नेको इन्स्योरेन्सले विगत केही वर्ष यता निरन्तर रूपमा शेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ। यद्यपि चालू वर्षको लाभांश विगत वर्षको तुलनामा केही घटेको देखिन्छ। विगत तीन वर्षमा कम्पनीले १५ प्रतिशतभन्दा बढी बोनस शेयर वितरण गर्दै आएकोमा यसपटक ७ प्रतिशत बोनस शेयरमा सीमित भएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया