सूर्यज्योति जीवन बीमा कम्पनीको मुनाफा ३१.९० प्रतिशतले वृद्धि, अधिकाम्स सूचकमा सुधार
- BFIS News
- 2025 Apr Fri 12:32

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी (एसजेएलआईसी) ले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि रिपोर्ट गरेको छ। कम्पनीले तेस्रो त्रैमासमा रु. २९.५७ करोड खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. २२.४२ करोडको तुलनामा ३१.९०% ले वृद्धि भएको हो। यो नाफा वृद्धिले वार्षिक आय प्रति सेयर (EPS) रु. ७.८७ पुर्याएको छ, जुन अघिल्लो वर्षको रु. ५.९७ भन्दा उच्च हो।
कम्पनीको खुद प्रिमियम आम्दानी १७.८५% ले वृद्धि भई रु. ७.५१ अर्ब पुगेको छ, भने लगानी, ऋण तथा अन्य श्रोतहरूबाट भएको आम्दानी १३.९८% ले वृद्धि भई रु. २.६० अर्ब पुगेको छ। साथै, सूर्य ज्योति लाइफले रु. ३९.२३ अर्ब बराबरको लगानी गरेको छ, जुन अघिल्लो वर्षको तेस्रो त्रैमासको तुलनामा १२.२३% ले बढी हो।
बीमित पक्षमा हेर्दा, जीवन बीमा कोष १७.०३% ले वृद्धि भई रु. ३९.४५ अर्ब पुगेको छ, जसले कम्पनीको दीर्घकालीन दायित्वहरूमा बलियो वृद्धि भएको देखाउँछ। तर, यो वृद्धिसँगै खुद दाबी भुक्तानी पनि २०.१६% ले वृद्धि भई रु. ८.३८ अर्ब पुगेको छ, जसले पोलिसी सेवा लागतको वृद्धिलाई संकेत गर्छ। त्यसैगरी, कमिशन खर्च १४.३८% ले बढेर रु. ६६.३२ करोड पुगेको छ।
आम्दानी र नाफा बढ्दासमेत कम्पनीको जगेडा नाफा भने ६३.३३% ले घटेर रु. ४२.१९ करोडमा झरेको छ, जुन अघिल्लो वर्षको रु. १.१५ अर्ब थियो। साथै, प्रति सेयर नेटवर्थ १०.३१% ले घटेर हाल रु. १२५.४१ मा झरेको छ, जुन अघिल्लो वर्षको रु. १३९.८४ थियो।
कम्पनीको जारी पूँजी रु. ५.०१ अर्बमा यथावत् रहेको छ भने, प्रकोप कोष ३.९२% ले वृद्धि भएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको मूल्य-आर्जन अनुपात (PE ratio) ५५.९० पटक पुगेको छ।
प्रतिक्रिया