Nepal Life

सूर्यज्योति जीवन बीमा कम्पनीको मुनाफा ३१.९० प्रतिशतले वृद्धि, अधिकाम्स सूचकमा सुधार

NMB Bank
  • BFIS News
  • 2025 Apr 25 12:32
सूर्यज्योति जीवन बीमा कम्पनीको मुनाफा ३१.९० प्रतिशतले वृद्धि, अधिकाम्स सूचकमा सुधार
United Ajod

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी (एसजेएलआईसी) ले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि रिपोर्ट गरेको छ। कम्पनीले तेस्रो त्रैमासमा रु. २९.५७ करोड खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. २२.४२ करोडको तुलनामा ३१.९०% ले वृद्धि भएको हो। यो नाफा वृद्धिले वार्षिक आय प्रति सेयर (EPS) रु. ७.८७ पुर्‍याएको छ, जुन अघिल्लो वर्षको रु. ५.९७ भन्दा उच्च हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीको खुद प्रिमियम आम्दानी १७.८५% ले वृद्धि भई रु. ७.५१ अर्ब पुगेको छ, भने लगानी, ऋण तथा अन्य श्रोतहरूबाट भएको आम्दानी १३.९८% ले वृद्धि भई रु. २.६० अर्ब पुगेको छ। साथै, सूर्य ज्योति लाइफले रु. ३९.२३ अर्ब बराबरको लगानी गरेको छ, जुन अघिल्लो वर्षको तेस्रो त्रैमासको तुलनामा १२.२३% ले बढी हो।

बीमित पक्षमा हेर्दा, जीवन बीमा कोष १७.०३% ले वृद्धि भई रु. ३९.४५ अर्ब पुगेको छ, जसले कम्पनीको दीर्घकालीन दायित्वहरूमा बलियो वृद्धि भएको देखाउँछ। तर, यो वृद्धिसँगै खुद दाबी भुक्तानी पनि २०.१६% ले वृद्धि भई रु. ८.३८ अर्ब पुगेको छ, जसले पोलिसी सेवा लागतको वृद्धिलाई संकेत गर्छ। त्यसैगरी, कमिशन खर्च १४.३८% ले बढेर रु. ६६.३२ करोड पुगेको छ।

आम्दानी र नाफा बढ्दासमेत कम्पनीको जगेडा नाफा भने ६३.३३% ले घटेर रु. ४२.१९ करोडमा झरेको छ, जुन अघिल्लो वर्षको रु. १.१५ अर्ब थियो। साथै, प्रति सेयर नेटवर्थ १०.३१% ले घटेर हाल रु. १२५.४१ मा झरेको छ, जुन अघिल्लो वर्षको रु. १३९.८४ थियो।

कम्पनीको जारी पूँजी रु. ५.०१ अर्बमा यथावत् रहेको छ भने, प्रकोप कोष ३.९२% ले वृद्धि भएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको मूल्य-आर्जन अनुपात (PE ratio) ५५.९० पटक पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया