NIMB Header 2
Nepal Life

पुष्प–चन्द्र ट्रस्टद्वारा विद्यार्थी प्रेरणा र सहायता कार्यक्रम सम्पन्न, नानीबाबुहरूको मुहारमा खुशी नारालाई सार्थक बनाउने

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 26 19:48
पुष्प–चन्द्र ट्रस्टद्वारा विद्यार्थी प्रेरणा र सहायता कार्यक्रम सम्पन्न, नानीबाबुहरूको मुहारमा खुशी नारालाई सार्थक बनाउने
National Life

काठमाडौं । वैशाख  १३ गते । स्व. पुष्पमान श्रेष्ठको ३२ औं स्मृति दिवसको अवसरमा पुष्प–चन्द्र ट्रस्टले ‘HAPPY STUDENTS, CREATIVE STUDENTS’ अभियान अन्तर्गत फेदीखोला–१, स्याङ्जास्थित अमोर सेवा नेपाल बालगृहमा विद्यार्थी उत्प्रेरणा तथा शैक्षिक सहायता कार्यक्रम सम्पन्न गरेको छ।

NIMB

औपचारिक सत्र

कार्यक्रमको अध्यक्षता ट्रस्टका संस्थापक तथा कोषाध्यक्ष अमृत श्रेष्ठले गरेका थिए, भने प्रमुख अतिथिको रूपमा फेदीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष श्री अमृत क्षेत्री सहभागी थिए। बालगृहकी छात्रा अमृता गुरुङले स्वागत मन्तव्य राख्दै आगन्तुकहरूलाई स्वागत गर्दै सहयोगप्रति आभार व्यक्त गरिन्।

त्यस अवसरमा बालगृहका व्यवस्थापक अशोक शर्माले शुभकामना मन्तव्य राख्दै स्व. पुष्पमान श्रेष्ठको प्रेरणादायी जीवन र ट्रस्टले समाजसेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेको श्रेष्ठले प्रष्ट पारे ।।

बालगृहकी सञ्चालक कमला पराजुलीले ट्रस्टबाट प्राप्त शैक्षिक तथा खेलकुद सामग्रीले बालबालिकामा खुशी र उत्साह थपेको बताउँदै भनिन्:

“पुष्प–चन्द्र ट्रस्टले अघिल्लो वर्ष बालगृहलाई ‘पुष्प–चन्द्र सेवा पुरस्कार’ प्रदान गरेर उत्साह दिएको थियो। यस पटक पुनः प्रदान गरिएको सामग्रीहरूले बालबालिकाको अनुहारमा झन् उज्यालो ल्याएको छ। यस्तो निरन्तर सहयोगले उनीहरूको शैक्षिक र व्यक्तिगत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

ट्रस्टको अवधारणा र उद्देश्य

कार्यक्रममा ट्रस्टका संस्थापक तथा संरक्षक ध्रुव नारायण श्रेष्ठले ‘HAPPY STUDENTS, CREATIVE STUDENTS’ अभियानको उद्देश्य र ट्रस्ट स्थापना सम्बन्धी पृष्ठभूमिमा प्रकाश पार्दै भने:

“पुष्प–चन्द्र ट्रस्ट स्व. पुष्पमान श्रेष्ठको निष्ठावान राजनीतिक, समाजसेवी तथा सेवामूलक जीवनका आदर्शहरू नयाँ पुस्तामा जिवन्त राख्न स्थापित गरिएको हो। ट्रस्ट कुनै पनि राजनीतिक दलप्रति पक्ष वा विपक्ष नरही, शिक्षा, सामाजिक जागरण र सुकर्मको सौन्दर्य प्रवर्द्धनमा समर्पित छ।”

उहाँले शिक्षा, सामाजिक चेतना र सेवा भावनाका माध्यमबाट सकारात्मक समाज निर्माणमा ट्रस्टले निरन्तर योगदान दिइरहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको पहिलो चरण सम्पन्न

कार्यक्रमको पहिलो चरण अन्तर्गत अमोर सेवा नेपाल बालगृहका ३८ जना बालबालिकालाई प्रति विद्यार्थी ६ थान कापी, पेन सेट र ज्यामिति बक्ससहितका शैक्षिक सामग्री वितरण गरियो। साथै बालगृहलाई भित्ते घडी, क्यारमबोर्ड, चेस बोर्ड, लुडो सेट र फुटबलजस्ता खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।

त्यस्तै, पुतलीबजार–३ स्थित पुण्यशीला आधारभूत विद्यालय र बाडखोलास्थित नुरी इस्लामिक मदरसा विद्यालयमा समेत खेलकुद सामग्री वितरण गर्दै करिब २०० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ।

यो कार्यक्रममार्फत ट्रस्टले “वर्ष २०८२ – नानीबाबुहरूको मुहारमा खुशी” भन्ने नारालाई मूर्त रूप दिँदै शिक्षा र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुर्‍याएको छ।

विगतका कार्यक्रम र आगामी प्रतिबद्धता

ट्रस्टले विगतमा श्री काजिमान हरि टिका मा.वि., स्याङ्जामा रु. २,५०,००० को अक्षयकोष स्थापना गरेको, २०८१ सालमा स्याङ्जाका पाँच विद्यालयका ५०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको तथा राष्ट्रियस्तरको कविता महोत्सव आयोजना गरी साहित्यिक र सामाजिक चेतनामा उल्लेखनीय योगदान पुर्‍याएको छ।

पुष्प–चन्द्र ट्रस्टले ‘HAPPY STUDENTS, CREATIVE STUDENTS’ अभियानमार्फत शिक्षा, समावेशिता र सामाजिक न्यायको सन्देश फैलाउँदै समाजमा सकारात्मक प्रभाव छोड्ने उद्देश्यसहित आगामी चरणमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया