Nepal Life

दोर्दी खोला जलविद्युतको १०० हकप्रद : छुटेकाले आवेदन दिने आज अन्तिम दिन

RBB
  • BFIS News
  • 2025 Apr Sun 10:07
दोर्दी खोला जलविद्युतको १०० हकप्रद : छुटेकाले आवेदन दिने आज अन्तिम दिन
Shikhar detail

काठमाडौं, बैशाख १४ । दोर्दी खोला जलविद्युत कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (वैशाख १४ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

NIMB

कम्पनीले वैशाख १२ गते देखि यसअघि हकप्रद सेयर भर्न छुटेका सेयरधनीहरुको लागि भनेर पुनः आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । यसमा फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । हकप्रद सेयरका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । 

यसअघि कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको थियो । सबै नबिकेपछि अहिले फेरि खुला गरिएको हो । यो हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।  

यसमा बिक्री सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।  

दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार