Nepal Life

भारत पाकिस्तानबीच काश्मीरमा तेस्रो रात पनि गोली हानाहान, द्विपक्षीय सम्बन्ध चिसिंदै

NMB Bank
  • BFIS News
  • 2025 Apr 27 17:08
भारत पाकिस्तानबीच काश्मीरमा तेस्रो रात पनि गोली हानाहान, द्विपक्षीय सम्बन्ध चिसिंदै
United Ajod

काठमाडौं, बैशाख १४ । भारत र पाकिस्तानबीचको सम्बन्ध दशकीय तल्लो बिन्दुमा पुगेका बेला, काश्मीरमा लगातार तेस्रो रात पनि दुबै देशका सेनाबीच गोली हानाहान भएको छ।

Shikhar
Nepal Life
NIMB

अधिकारीहरूका अनुसार, आइतबार राति सीमावर्ती क्षेत्रमा फेरि तनाव चुलिएको हो। भारतीय सेनाले नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानद्वारा सुरु गरिएको साना हतियारको 'अनावश्यक' गोलीबारी भएको जनाउँदै, आफ्ना सुरक्षाकर्मीहरूले ‘उपयुक्त जवाफ’ दिएको जनाएको छ।

भारतले हालैको एक आक्रमणमा पाकिस्तान समर्थित सीमापार आतङ्कवादको संलग्नता रहेको आरोप लगाएको छ। अप्रिल २२ मा काश्मीरको पर्यटकीय स्थल पहलगाममा भएको आक्रमणमा २६ जना पुरुषको हत्या भएको थियो। भारतीय प्रहरीका अनुसार फरार आक्रमणकारीहरूमध्ये दुई जना पाकिस्तानी नागरिक हुन्।

पाकिस्तानले यस्ता आरोपहरूलाई ‘तुच्छ’ बताउँदै आक्रमणसँग कुनै संलग्नता अस्वीकार गरेको छ। साथै, कुनै पनि भारतीय कार्यवाहीको प्रतिवाद गर्ने चेतावनी दिएको छ।

आक्रमणपछि भारतले पाकिस्तानमाथि कडा कदम चालेको छ । पानी बाँडफाँटसम्बन्धी सन्धि स्थगित गर्नुका साथै मुख्य भूमि सीमा क्रसिङ बन्द गरेको छ। साथै, पाकिस्तानी नागरिकहरूलाई दिइने भिसा रद्द गरिएको र कूटनीतिक सम्बन्धमा कटौती गरिएको छ।

यता, पाकिस्तानले पनि भारतीय कूटनीतिज्ञ तथा सैन्य सल्लाहकारहरूलाई निष्कासन गरेको छ र भारतीय नागरिकहरूका लागि भिसा रद्द गरेको छ। यद्यपि सिख तीर्थयात्रीहरूलाई भने छूट दिइएको छ। पाकिस्तानले पनि आफ्नो तर्फबाट सीमा क्रसिङ बन्द गरेको जनाएको छ।

यसबीच, संयुक्त राष्ट्रसंघले दुबै देशलाई 'अधिकतम संयम' देखाउन आग्रह गरेको छ। उसले मुद्दाहरूलाई ‘अर्थपूर्ण आपसी संलग्नता’ को माध्यमबाट शान्तिपूर्ण ढंगले समाधान गर्न सुझाव दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया