NIMB Header 2
Nepal Life

प्रदेश सरकारका लागि पनि ‘केन्द्रीय बैंक’ आवश्यक : लुम्बिनी मुख्यमन्त्री आचार्य

Citizen Life
  • BFIS News
  • 2025 Apr 28 12:59
प्रदेश सरकारका लागि पनि ‘केन्द्रीय बैंक’ आवश्यक : लुम्बिनी मुख्यमन्त्री आचार्य
National Life

काठमाडौं, वैशाख १५। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले संघ सरकारको लागि नेपाल राष्ट्र बैंकजस्तै, प्रदेश सरकारको आर्थिक सञ्चालनका लागि पनि 'केन्द्रीय बैंक' आवश्यक रहेको बताएका छन्।

NIMB

आइतबार भैरहवामा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरद्वारा आयोजित ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार यस्तो संस्थाको खाँचो महसुस गरिरहेको बताउँदै, यसको लागि नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको बताए।

"वित्तीय अनुशासन कायम गर्न राष्ट्र बैंकको भूमिका अत्यन्त महत्त्वपूर्ण छ," मुख्यमन्त्री आचार्यले भने, "बैंक तथा वित्तीय संस्थाको प्रभावकारी अनुगमन आवश्यक छ, जसले गर्दा आम नागरिकको विश्वास कायम रहोस्।"

उनले बैंकप्रति उद्योगी तथा व्यवसायीहरूबाट गुनासा आउने गरेको उल्लेख गर्दै, यस्ता समस्याको समाधान राष्ट्र बैंकको जिम्मेवारी भित्र पर्ने बताए। अनुगमन प्रणाली अझ मजबुत बनाएर उपभोक्तालाई हुने समस्यालाई न्यून गर्न सकिने उनको भनाइ थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपाल राष्ट्र बैंकलाई सरकारको आर्थिक सल्लाहकारको रूपमा उल्लेख गर्दै, यसको अध्ययन, अनुसन्धान तथा विश्लेषणहरू नीति निर्माणका लागि महत्वपूर्ण आधार भएको बताए। प्रदेशस्तरमा पनि त्यस्तो संस्थाको आवश्यकता रहेको धारणा उनले व्यक्त गरे।

साथै, कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यलगायतले मन्तव्य दिँदै नेपाल राष्ट्र बैंकले विश्वस्तरीय मौद्रिक नीति र अनुगमन भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।

उनले हालको अवस्थामा राजनीतिक दबाबका कारण राष्ट्र बैंकलाई प्रभाव पार्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे। राष्ट्र बैंकको नीतिमा नै देशको आर्थिक स्थायित्व निर्भर हुने भएकाले यसलाई पूर्ण रूपमा स्वतन्त्र राख्नुपर्नेमा उनीहरूको जोड थियो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया