Nepal Life

भारतद्वारा १६ पाकिस्तानी युट्युब च्यानल प्रतिबन्ध, बीबीसीलाई औपचारिक पत्र

NMB Bank
  • BFIS News
  • 2025 Apr 28 13:52
भारतद्वारा १६ पाकिस्तानी युट्युब च्यानल प्रतिबन्ध, बीबीसीलाई औपचारिक पत्र
United Ajod

काठमाडौं। भारत सरकारले पाकिस्तानका विभिन्न समाचारमाध्यम तथा व्यक्तिहरूद्वारा सञ्चालित युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ।

Shikhar
Nepal Life
NIMB

सोमबार भारतको सूचना तथा प्रसारण मन्त्रालयले डन न्यूज, समा टिभी, जीएनएन, जियो न्यूजलगायत १६ पाकिस्तानी युट्युब च्यानलहरूलाई भारतको सेना र सुरक्षा एजेन्सीहरूप्रति उत्तेजक, साम्प्रदायिक र संवेदनशील विषयवस्तु प्रसारण गरेको भन्दै भारतमा प्रतिबन्ध लगाएको हो।

भारतीय अधिकारीहरूका अनुसार ती च्यानलहरूले भ्रामक सूचना, गलत समाचार र साम्प्रदायिक तनाव बढाउने खालका सामग्रीहरू प्रसारण गरिरहेका थिए। यी च्यानलहरू भारतमा अब अवलोकन गर्न नसकिने बनाइएका छन्।

यसैबीच, भारतले अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीलाई पनि एक औपचारिक पत्र पठाएको छ। इकोनोमिक टाइम्सका अनुसार बीबीसीले आतंकवादीहरूलाई "लडाकु" (combatant) शब्द प्रयोग गरेको विषयमा आपत्ति जनाउँदै भारतले पत्राचार गरेको हो।

यो कदम जम्मू–कश्मीरको पहलगाममा केही दिनअघि भएको आतंकवादी आक्रमणमा २६ सर्वसाधारणको मृत्यु भएको घटनापछि आएको हो। भारतले पाकिस्तानमाथि लगातार कूटनीतिक दबाब बढाउने रणनीति अनुसार यस्ता कार्यहरू अघि बढाएको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया