NIMB Header 2
Nepal Life

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 28 18:37
नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम
National Life

काठमाडौं, वैशाख १५। नेपाललाई गहुँ उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा एक ऐतिहासिक पहल स्वरूप नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारण सभा राजधानीको होटल हिल्टन, काठमाडौंमा सम्पन्न भएको छ। सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा सम्पन्न भयो।

NIMB

सभाको प्रमुख आकर्षणको रूपमा, नेपाल मैदा उद्योग संघ र भारतको Agriwatch कम्पनीबीच एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। उक्त सम्झौताअनुसार नेपालमा कृषि सूचना, विश्लेषण तथा परामर्श सेवा प्रदान गरिनेछ। यो सम्झौता खासगरी भू-उपग्रह (Satellite) प्रविधिको माध्यमबाट नेपालको कृषि क्षेत्रको वैज्ञानिक विश्लेषण गर्ने दिशामा पहिलोपटक निजी क्षेत्रबाट गरिएको प्रयास हो।

उक्त पहलले आगामी तीन वर्षभित्र नेपाललाई गहुँमा पूर्ण आत्मनिर्भर बनाउने लक्ष्य हासिल गर्न मार्गप्रशस्त गर्ने विश्वास लिइएको छ। यसका लागि नेपाल सरकार, निजी क्षेत्र, तथा अन्य सरोकारवाला निकायहरूको सशक्त सहकार्य आवश्यक हुनेछ।

सम्झौताबाट नेपालले पाउने प्रमुख लाभहरू:

कृषि बजार सूचना र विश्लेषण: देशभरका कृषि वस्तुको मूल्य संकलन, र दैनिक, साप्ताहिक तथा मासिक बजार विश्लेषण रिपोर्टमार्फत कृषक र व्यापारीलाई निर्णय गर्न सहयोग।

कृषि वस्तु अनुसन्धान र परामर्श: उत्पादन, उपभोग, आयात-निर्यात विश्लेषणसहित बजार प्रवृत्तिको जानकारी।

कृषि निवेश अध्ययन र सल्लाह: बीउ, मल लगायतका कृषि निवेशका विषयमा गहिरो अध्ययन र कृषकलाई उपयुक्त बाली छनोटमा सहयोग।

डिजिटल कृषि समाधान: एआई आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र डिजिटल बजार जडान सेवामार्फत कृषकलाई प्रविधिमा सशक्तिकरण।

कृषि समाचार र जानकारी: ताजा कृषि समाचार, वस्तु मूल्य, र बजार रिपोर्ट प्रकाशित गरी अद्यावधिक जानकारी उपलब्ध गराउने।

कार्यक्रममा भारत सरकारअन्तर्गतको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (NCEL) का प्रबन्ध निर्देशक अनुपम कौशिक विशेष अतिथिका रूपमा उपस्थित थिए। भारतको कृषि कोटा, चिनी र गहुँजस्ता खाद्यान्नको निर्यातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने NCEL सँग नेपालको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले उनलाई नेपाल आमन्त्रण गरिएको थियो।

त्यसैगरी, सभामा नेपालकै जेठो मैदा उद्योग 'फुड इन्डस्ट्री लिमिटेड' र संघका संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।

नेपालको खाद्य सुरक्षाका लागि यस्तो सहकार्य ऐतिहासिक भएको र देशलाई गहुँजस्ता खाद्यान्नमा आत्मनिर्भर बनाउने दिशामा यो एक महत्वपूर्ण माइलस्टोन हुने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया