Nepal Life

डिप्रोक्स लघुवित्तको नाफामा उत्साहजनक वृद्धि, खुद नाफा ४३ करोड २१ लाख हुँदा प्रतिशेयर आम्दानी ३०.८४ रुपैया

NMB Bank
  • BFIS News
  • 2025 Apr 29 11:14
डिप्रोक्स लघुवित्तको नाफामा उत्साहजनक वृद्धि, खुद नाफा ४३ करोड २१ लाख हुँदा प्रतिशेयर आम्दानी ३०.८४ रुपैया
United Ajod

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासहित अधिकांश प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ७०.८१ प्रतिशतले वृद्धि भई ४३ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको उल्लेख्य वृद्धिका कारण खुद नाफामा प्रभावशाली बढोत्तरी देखिएको हो। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५२.३५ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफामा पनि ६८.८२ प्रतिशतको वृद्धि भई ६३ करोड १६ लाख रुपैयाँ कायम भएको छ।

चैत मसान्तसम्ममा डिप्रोक्स लघुवित्तको वितरणयोग्य नाफा ३६ करोड १६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, यस अवधिमा कम्पनीको खराब कर्जा भने सामान्य रूपमा बढेको छ। गत वर्ष ८.२५ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ८.६६ प्रतिशत पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ। नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि आकर्षक सुधार देखिएको छ। प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०७ पैसाले बढेर ३० रुपैयाँ ८४ पैसा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।

समग्रमा, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले डिप्रोक्स लघुवित्तको वित्तीय स्वास्थ्यमा उत्साहजनक सुधार देखाएको छ। खुद नाफा, खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको उल्लेखनीय वृद्धिले कम्पनीको प्रगतिलाई स्पष्ट रूपमा दर्शाउँछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया