Nepal Life

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी ४.८८ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Apr 29 11:25
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि,  प्रतिशेयर आम्दानी ४.८८ रुपैयाँ
United Ajod

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ हजार ८१२.८४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ लाख १ हजार रुपैयाँ मात्र रहेको थियो।

कम्पनीको आम्दानीमा भएको भारी वृद्धिसँगै खुद नाफामा पनि उल्लेख्य बढोत्तरी भएको हो। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आर्जित बीमाशुल्क ९९०.४४ प्रतिशतले बढेको छ भने कुल आम्दानी ३७०.६६ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानीमा पनि १ हजार २११.१३ प्रतिशतको वृद्धि देखिएको छ भने कुल खर्च ३२५.५७ प्रतिशतले बढेको छ।

नाफामा भएको उच्च वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ४ रुपैयाँ ७० पैसाले बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०७.९१ गुणा कायम भएको छ।

७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ सञ्चित छ। समग्रमा, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा भारी वृद्धि देखाएको छ, जुन कम्पनीको लागि सकारात्मक सूचक हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया