Nepal Life

‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित

NMB Bank
  • BFIS News
  • 2025 Apr 29 15:57
‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित
United Ajod

काठमाडौं, वैशाख १७ । ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभाको मंगलवारको बैठकले विधेयकलाई बहुमतले अनुमोदन गरेको हो।

Shikhar
Nepal Life
NIMB

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयकमाथिको सैद्धान्तिक छलफलपछि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। संसदका बहुमत सांसदहरूले उक्त प्रस्तावमा समर्थन जनाएका थिए।

छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउने र कानूनलाई संशोधन तथा एकीकरण गर्ने उद्देश्यले विधेयक ल्याइएको जानकारी दिए। उनले भन्सार नाकामा हुने राजश्व चुहावट, अनियमितता र व्यापारीहरूलाई पर्ने सास्ती अन्त्य गर्ने मुख्य लक्ष्य विधेयकको रहेको स्पष्ट पारे।

मन्त्री पौडेलले विधेयक समृद्ध बनाउन सुझाव दिने सांसदहरूलाई धन्यवाद दिंदै भने, "भन्सार बिन्दुहरूमा बेथिति नहोस्, राजश्वमा चुहावट नहोस्, अनियमितता नहोस् र व्यापारीहरू पीडित नबनून् भन्ने कोणबाट सुझावहरू आएका छन्। भन्सारलाई उपकरण र स्रोत साधनको दृष्टिकोणले प्रभावकारी बनाइयोस् भन्ने सुझावका लागि म सबै माननीयज्युहरूलाई धन्यवाद दिन चाहन्छु।"

उनका अनुसार विधेयक कानूनको रूपमा कार्यान्वयनमा आएपछि राजश्व चुहावटमा कमी आउने र भन्सार व्यापार थप सहज हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया