Nepal Life

सिद्धार्थ बैंकको एक तीन लाख ९१ हजार संस्थापक शेयर बिक्रीमा, विद्यमान संस्थापकलाई प्राथमिकता

NMB Bank
  • BFIS News
  • 2025 Apr 30 13:08
सिद्धार्थ बैंकको एक तीन लाख ९१ हजार संस्थापक शेयर बिक्रीमा, विद्यमान संस्थापकलाई प्राथमिकता
United Ajod

काठमाडौं । सिद्धार्थ बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको तीन लाख ९१ हजार ५७० कित्ता शेयर शेयर बिक्री गर्ने भएका छन् । बैंकले उक्त शेयर खरिदका लागि पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै आह्वान गरेको छ ।

Shikhar
Nepal Life
NIMB

इच्छुक शेयरधनीहरुले यस सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्सालमा आफूले खरिद गर्न चाहेको शेयर संख्या स्पष्ट उल्लेख गरी आवश्यक कागजातसहितको लिखित आवेदन पेश गर्न आह्वान गरेको छ ।

तोकेको समयावधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनबाट प्रस्तावित सम्पूर्ण शेयरको लागि निवेदन प्राप्त नभएमा, प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई समेत उक्त संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । यसरी बिक्री गरिएको शेयर उपर कुनै दावी, उजुरी, बाजुर नलाग्ने बैंकले प्रष्ट पारेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया