नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा
- BFIS News
- 2025 Apr Wed 17:48

काठमाडौं, वैशाख १७ गते । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । काठमाडौँ प्रहरी परिसरका अनुसार रेशम चौधरी भर्खर थुनामुक्त भएका हुन् ।
बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोेषणा सभामा पुग्नुभएका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरी पक्राउ गरेको थियो ।
तत्पश्चात् सर्वोच्च अदालतका सह–रजिष्ट्रार अच्युत कुइकेलले रेशम चौधरी सम्बन्धमा कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र आधिकारिक पत्र प्रहरी प्रधान कार्यालय, नक्साललाई पठाएको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यका अनुसार सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि अनुसन्धान गर्न आदेश जारी गरेसँगै विष्ट पक्राउ परेका छन् ।
प्रतिक्रिया