Nepal Life

सानिमा रिलायन्सको ‘धनपति बीमा योजना’ को ब्रान्ड एडभोकेट बनिन् नमिता न्यौपाने, बीमा अवधिमै बोनस सहित दाबी

RBB
  • BFIS News
  • 2025 Apr Wed 18:07
सानिमा रिलायन्सको ‘धनपति बीमा योजना’ को ब्रान्ड एडभोकेट बनिन् नमिता न्यौपाने, बीमा अवधिमै बोनस सहित दाबी
Shikhar detail

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नवीनतम जीवन बीमा योजना ‘धनपति बीमा योजना’ को प्रोडक्ट एडभोकेटको रूपमा नमिता न्यौपानेलाई नियुक्त गरेको छ। कम्पनीका अनुसार न्यौपानेले यस योजनाको ब्रान्ड प्रतिनिधिका रूपमा उल्लेखनीय भूमिका निर्वाह गर्नेछिन्। 

NIMB

न्यौपाने केवल बीमा क्षेत्रमा मात्र होइन, समाजसेवा, राजनीति र व्यवसायमा समेत सक्रिय एक बहुआयामीक व्यक्तित्व हुन्। उनी कोशी प्रदेश योजना आयोगकी सदस्य हुनुका साथै होटेल र मेडिकल व्यवसायमा समेत संलग्न छन्। 

सानिमा रिलायन्ससँगको यात्रामा उनले निरन्तर सफलता हासिल गरेकी छिन्। एमडीआरटी २०२० र २०२३, सीओटी २०२१, तथा टिओटी २०२२, २०२४ र २०२५ जस्ता अन्तर्राष्ट्रिय मान्यताप्राप्त उपलब्धिहरू उनले आर्जन गरेकी छन्।

कम्पनीका अनुसार न्यौपानेले आफ्नै कोड र टिममार्फत लगातार उत्कृष्ट स्थान हासिल गर्दै आएकी छिन्। उनले हासिल गरेका उपलब्धी सानिमा रिलायन्समा मात्रै नभएर नेपालकै बीमा क्षेत्रमा अनुकरणीय रहेको भन्दै कम्पनीले उनलाई सम्मान स्वरुप प्रोडक्ट एडभोकेटको रूपमा नियुक्त गरेको हो।

सानिमा रिलायन्स लाइफले धनपती बीमा योजनालाई भिन्नै उत्पादनको रुपमा प्रस्तुत गरेको छ । नेपाली बीमा बजारलाई अध्ययन गरेर कम्पनीले यो पोलिसी तयार पारेको हो । लामो समयको अध्ययन पश्चात सार्वजनिक गरिएको यो योजना ग्राहकहरुको उत्कृष्ट रोजाई बन्ने कम्पनीले विश्वास लिएको छ ।

धनपति बीमा योजनका बारेमाः

धनपति बीमा योजनामा बीमालेख चालु रहेको अवस्थामा निश्चित समयको अन्तरालमा बीमांकको निश्चित प्रतिशत भुक्तानी हुने समेत कम्पनीले जनाएको छ । सोही योजनामा तीन विशेष वर्षलाई लक्षित गरेर कम्पनीले आफ्नो बीमितले पाउने रकमको योजना तय गरेको छ ।

१२ वर्षे

१२ वर्षको बीमाङ्क अवधिमा चौथो वर्षमा बीमाङ्कको २५ प्रतिशत रकम बीमितले पाउन सक्नेछन् । सोही योजनामा ८ वर्षमा फेरी बीमांकको २५ प्रतिशत र १२ वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोनस प्राप्त गर्न सक्ने छन् । कम्पनीका अनुसार कम्पनीले दिएको उक्त चौथो र आठौं वर्षको रकममा समेत बोनस कायम हुनेछ ।

१५ वर्षे

१५ वर्ष अवधिको बीमा गर्दा बीमितले ५ औं वर्षमा बीमाङ्कको २५ प्रतिशत रकम र बोनस, १० औं वर्षमा बीमाङ्कको २५ प्रतिशत र बोनस तथा १५ औं वर्षमा बीमाङ्कको ५० प्रतिशत रकम र बोसन पाइने व्यवस्था गरिएको छ ।

२० वर्षे

२० वर्ष अवधिको बीमामा बीमितले ५ औं वर्षमा २० प्रतिशत, १० औं वर्षमा २० प्रतिशत, १५ औं वर्षमा २० प्रतिशत र २० औं वर्षमा बीमाङ्कको ४० प्रतिशत रकम र बोनस पाउने छन् । बीमितलाई रहेक पटक बीमाङ्कको जति प्रतिशत बराबर रकम दिए पनि सोही बेलामा बीमितले पाउने बोनसदरलाई निश्चित गरिएको हुँदा बीमितले ढुक्क हुन सक्नेछन् । 

साथै,धनपति बीमा योजना खरिद गर्नका लागि बीमितको प्रवेश उमेर १८ वर्ष तथा अधिकतम ५० वर्ष तोकिएको छ । त्यस्तै, बीमाङ्क रकम ५० हजार रुपैयाँदेखि असिमितसम्म राखिएको छ । यता, अधिकतम बीमा सामाप्ती उमेर वर्ष भने ६२,६५ र ७० तोकिएको छ । त्यस्तै बीमा अवधि पनि सोहि उमेर अनुसार १२ वर्ष, १५ वर्ष र २० वर्ष तोकिएको छ । 

यो पनि पढ्नुहोस्

सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने तेस्रो पटक टिओटी बन्न सफल, बीमा क्षेत्रकी प्रभावशाली महिला अभिकर्ता

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार